इनरुवा । इनरुवा बजारक्षेत्रमा पैदल यात्रु हिड्नका लागि बनाइएको सडक पेटी व्यापार व्यवसाय गर्नेले अतिक्रमण गर्दा दुर्घटनाका घटनाहरु दिनहु बढन थालेका छन ।
इनरुवा बजारक्षेत्रमा सडकपेटी अतिक्रमण हुदा पैदल यात्रा गर्ने सर्वसाधरण बाध्य भएर सडकबाट हिडदा बाक्लोे भिडका कारण सवारीसाधन आपसमा ठक्कर लाग्ने र यात्रुहरुसमेत घाइते हुने गरेका हुन ।

सडक पेटी अतिक्रमण गर्नेमा दुई तिन तलाको घर भाडामा लगाउने घरधनीहरु रहेका छन ।
यस्ता अधिकाशं घरधनीले माथिल्लो तलामा आउने जाने फलामे सिढी भ¥याङ सडक पेटी र पक्की ढलनाला माथी बनाएको पाइएको छ ।
सडकपेटीमा फलामे सिढी भ¥याङ बनाएका कारण त्यस्ता स्थान अगाडी बढी दुर्घटनाका घटनाहरु हुने गरेको पाइएको छ ।
बैक तथा वित्तिय सस्थाँलाई घर भाडामा लगाएका दुई दर्जन बढी घरधनीले सडक पेटीमा फलामे सिढी भ¥याङ बनाउनुका साथै सार्वजनिक स्थलको अतिक्रमण गरेका हुन ।
इनरुवा १ स्थित जिल्ला प्रहरी कार्यालयदेखि पुर्वतर्फ रहेको मेगा बैक लिमिटेड, भायोनेट इन्टरनेट, एसियन लाइफ इन्सोरियन्स् तथा लेमन होटलको लज रहेको माथिल्लो तलामा जाने फलामे सिढी भ¥याङ सडक पेटी र पक्की ढलनाला अतिक्रमण गरि बनाउदा त्यस क्षेत्रमा दिनहु दुर्घटना हुने गरेको स्थानियहरुले जनाएका छन ।
यससगै इनरुवा बजारक्षेत्रका अधिकाशं तिन चार तलाका घरको माथिल्लो तलामा जाने तल झर्ने फलामे सिढी भ¥याङ सडक पेटी अतिक्रमण गरि बनाइएको पाइएको छ।
बजार क्षेत्रको बढी भिडभाड हुने अधिकाशं घरमा रहेका पसलले सडक पेटीमा सामान फिजाएर राख्ने कारणले पैदल यात्रुहरु सवारीसाधनको बाक्लो आवत जावत हुने सडकबाट हिड्न बाध्य भएका छन ।

सडक पेटीमा मालसामान फिजाएर राख्ने क्रमले सर्वसाधरणले सास्ती भोग्नुका साथै सिटी सफारी,मोटरसाईकल, अटो रिक्सालगायतका साना सवारी साधन आपसमा ठक्कर खाने र सर्वसाधरणसमेत दुर्घटनाको जोखिममा पर्ने गरेको स्थानियहरुको गुनासो रहेको छ ।
इनरुवा नगरपालिका १ नम्बर वडाका वडाअध्यक्ष रामचन्द्र पोद्धारले बजार क्षेत्रमा व्यापारी व्यवसायीहरुले मालसामान बाहिर सडक पेटी अतिक्रमण गरि राखेको गुनासो सर्वसाधरणबाट आएको बताए ।
वडाअध्यक्ष पोद्धारले सडकपेटी र ढलनालाको अतिक्रमण हटाउन वडा कार्यालयले पटक पटक सार्वजनिक सुचना जारी गर्दा समबन्धीत घरधनीहरुले अटेर गरेको बताए ।
वडाअध्यक्ष पोद्धारले सर्वसाधरणहरुको गुनासो र निवेदन वडाकार्यालयमा आएकाले नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीसँग समन्वय गरि अतिक्रमण हटाउन पहल भैरहेको बताए ।