इनरुवा । इनरुवा बसपार्कमा लामो समयको प्रयासपछि तेस्रो पटक सार्वजनिक सवारी साधन लगिएको छ ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले २०७९ असोज २ गतेबाट बसपार्क संचालनमा ल्याउने पूर्व घोषणा अनुसार आइतवार जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा बसचौकमा रहेका सवारी साधनलाई बसपार्क भित्र लगिएको हो ।

पूर्वमेयर राजन मेहताले तीन वर्ष अगाडि वडाअध्यक्ष अञ्जनी पोखरेल संयोजक रहेको समिति बनाएर सवै सरोकारवालाहरुको सहकार्यमा बसपार्कलाई स्थायी रुपमा संचालन गर्ने गरि सवै सवारीसाधनलाई बसपार्कमा लगेका थिए ।

बसपार्क संचालनका लागि मेहता नगरपालिकाका नगर प्रहरीको टोलीलाई चौबिसै घण्टा तैनाथ गरि सुचारु गरेपनि यातायात व्यवसायीहरुको असहयोगका कारण महिना दिन भन्दा बढी संचालनमा आउन सकेन ।

हालका वडाअध्यक्ष बौवालाल मेहतासहितका स्थानीयले २०७८ सालको जेठ महिनामा संघर्ष समिति बनाएर नगरपालिकालाई आन्दोलनमार्फत दवाव दिएपछि नगर प्रहरी र स्थानीयहरुको चौविसै घण्टा निगरानीमा दुई हप्ता बसपार्क भित्र सवारीसाधनहरु प्रवेश गराउनु साथै पार्किङ गर्न लगाइएको थियो ।

दोस्रो पटकको प्रयासमा समेत यातायात व्यवसायीहरुको असहयोगका कारण संचालनमा आउन नसकेको बसपार्क संचालनमा ल्याउन सामाजिक संजाल मार्फत मेयर केदार भण्डारीलाई दवाव दिदै आएका थिए ।

शहरी विकास मन्त्रालयले निर्माण कार्य समपन्न गरि हस्तान्तरण गरेको पाँच वर्षको समयमा नियमित रुपमा बसपार्क संचालनका लागि प्रयत्न गरिएपनि दुई पटकको प्रयास असफल भएको थियो ।

अघिल्लो लेखमासुनसरीमा मंसिर ४ गते ५ लाख ४४ हजार ९ सय ४१ जनाले मतदान गर्ने
अर्को लेखमासुनसरीमा बढ्दो आत्महत्याको ट्रेण्ड रोक्न प्रहरी सुरु ग¥यो अभियान

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्