इनरुवा । इनरुवा सुनसरी जिल्ला अदालतले मेलमिलाप केन्द्रका सुचिकृत मेलमिलापकर्ता बाबुराम भट्टराईलाई सम्मान गरेको छ ।
वर्षमा १५६ थान मुद्धा मेलमिलापमा आएकोमा हेरेको मध्ये ७४ वटा मेलमिलाप गराएको उच्च मूल्याकंन गर्दै सूचीकृत मेलमिलापकर्ता भट्टराईलाई सम्मान गरेको हो ।
जिल्ला अदालतमा सूचीकृत ३२ मेलमिलापकर्ता मध्ये जिल्लामा सबैभन्दा बढी मेलमिलाप गराउनेमा भट्टराई उत्कृष्ट भएकाले उनलाई सम्मान गरेको अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए ।
सम्मानित मेलमिलापकर्ता बाबुराम भट्टराईलाई जिल्ला न्यायधिश अर्जुन अधिकारीले दोसल्ला र अबिरले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रम तथा मेलमिलाप केन्द्रमा सूचीकृत मेलमिलाकर्ताहरु बीच मेलमिलाप प्रकृयालाई प्रभावकारी बनाउने सम्बन्धमा आयोजित कार्यक्रममा सुचिकृत मेलमिलापकर्ता मिना काफ्ले, जयकृष्ण यादव, बाबुराम भट्टराई, शोभा राई, प्रमोदराज सुवेदी, निर्मला कुमारी मेहता, प्रभुप्रसाद भट्टराई, गुरु प्रसाद चौलागाई, गणेश पोखरेल, विरेन्द्रप्रसाद गौतम, लखनलाल यादव, बलेन्द्र मेहता, पन्चदेव मेहता, यामनाथ गुरागाई, पुष्पराज अधिकारी, कर्ण बहादुर राईसहितको उपस्थिती रहेको थियो ।
I came to this site with the introduction of a friend around me and I was very impressed when I found your writing. I’ll come back often after bookmarking! slotsite