इनरुवा । इनरुवा ३ मा जारी टोलस्तरीय रात्रिकालिन लिग फुटवल प्रतियोगिताका खेलाडीहरुको वृति विकासका लागि एकेडेमी सञ्चालन गर्न १ लाखको कोष स्थापना गरिने भएको छ ।

उद्योग वाणिज्य संघ इनरुवाका कोषाध्यक्ष तथा महालक्ष्मी ज्वेलर्सका प्रोपाइटर रमेश श्रेष्ठले इनरुवा ३ नं. वडामा झण्डै १० दर्जनको हाराहारीमा रहेको किशोर खेलाडीहरुलाई एकेडेमीबाट प्रशिक्षण दिनका लागी एक लाखको कोष स्थापना गर्र्ने भएका छन ।

कोष स्थापनाका लागि सहयोगको घोषणा गरेका श्रेष्ठले कोरोना कहरको बिचमा बन्दप्रायः रहेको खेलकुद गतिविधि लयमा नफर्किएको अवश्थामा इनरुवा ३ का किशोर, युवाहरुले आफ्नै पहलमा टोलस्तरीय प्रतियोगिता आयोजना गरि खेलकुदमा अन्य पिढीलाई आकर्षित गर्ने कार्य गरेकाले एकेडेमीमार्फत प्रशिक्षण दिएर व्यवसायीक खेलाडी उत्पादन गर्न सहयोग गरेको बताए ।

इनरुवा ३ स्थित सखुवागाछी अदालत रोडको बिचमा रहेको गुरुङ टोलका स्थानीय युवाहरुले टोल स्तरीय रात्रिकालिन लिग फुटवल प्रतियोगिताको आयोजना गरेपछि समाजका अगुवाहरुले सहयोग गर्न थालेका छन ।

प्रतियोगिता आयोजक समितीका सागर गुरुङका अनुसार कोरोना संक्रमण फैलिएपछि लोकप्रिय खेल फुटवल प्रतियोगिता नहुँदा खेलाडीहरुमा रहेको कला कौशलता र सीपको प्रर्दशन गर्ने अवसर गुम्दै गएकाले प्रतियोगिता आयोजना गरेको बताए ।

इनरुवा ३ मा रहेको विभिन्न टोलका फुटवल खेलाडी युवाहरुले टोल स्तरिय लिग प्रतियोगितामा सहभागी हुनका लागी आफनो फुटवल टिमको विभिन्न नाम दिएका छन ।
फिल्डको चारैतर्फ बासको पोलमा एक दर्जनको संख्यामा आकाशे वत्ती बालेर खेल आयोजना गरिएको प्रतियोगितामा दैनिक हुने दुईवटा खेलमा म्यान अफ दि म्याच लगायतका खेलाडीलाई पुरस्कारसमेत प्रदान गरिने गरिएको छ ।

शान्तीदिप नेपालका सचिव राजन भुजेलका अनुसार प्रतियोगितामा चाम्लीङ राई किरात टिम, अट्याक टिम, युथ टिम, योङ टाईगर, द युनिटी, पिस गुप्र फुटवल टिम, गोरखाली फुटवल टिमले भाग लिएका छन ।

लिग चरणमा खेलाईएको खेल राति ८ बजेदेखि ११ बजेसम्म दुईवटा खेल हुँदै आएका छन । फाइनलसम्म पुग्दा इनरुवाका खेलप्रेमी दर्शकहरु अझै बढ्दै जाने भुजेलले विश्वास ब्यक्त गरे ।

स्थानीयवासीहरुले समेत रातीको समयमा खेल आयोजना भएपछि जाडो हराएको र गर्मी सुरु हँुदै गरेकाले स–परिवार फुटवल हेर्न आउनेहरुको संख्या उल्लेखनीय रहेको छ ।

फुटवल खेलका आयोजकसमेत रहेका खेलाडी सुवास राईले लामो समयदेखि फुटवल प्रतियोगिताको आयोजना नभएकाले खेलाडीहरुको मनोवल बढाउँनका लागि आन्तरिक प्रतिष्पर्धाबाट खेल प्रर्दशन गर्न प्रतियोगिता गराएकाले खेलाडीहरुमा रहेको जोस जागर र कला कौशलता प्रर्दशन गर्न पाएको बताए ।

खेलकुद नगरका रुपमा पाइला अगाडि बढाउदै गरेको इनरुवामा खेल मैदान अभाव भएपछि खेलप्रेमी युवाहरुले गाउँघरमा रहेको फराकिलो स्थानलाई खेल मैदानका रुपमा प्रयोग गरि खेलकुदको आयोजना गर्न थालेका हुन ।

अघिल्लो लेखमाजनावर सेवा आश्रम इनरुवाबाट बाहिरिने सम्भावना बढ्यो
अर्को लेखमाइनरुवाका एक किशोर विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक

70 टिप्पणीहरू

  1. Hi I am so happy I found your blog, I really found you by mistake, while I was searching on Askjeeve for something else, Anyhow I am here now and would just like to
    say many thanks for a remarkable post and a all round
    interesting blog (I also love the theme/design), I don’t have time to go through it all at the moment but I
    have saved it and also included your RSS feeds, so when I have time I will
    be back to read much more, Please do keep up the fantastic b.

  2. I loved as much as you’ll receive carried out right here. The sketch is tasteful, your authored subject matter stylish. nonetheless, you command get got an shakiness over that you wish be delivering the following. unwell unquestionably come further formerly again since exactly the same nearly very often inside case you shield this increase.

  3. Hey there! I know this is kinda off topic nevertheless I’d figured I’d ask. Would you be interested in trading links or maybe guest writing a blog post or vice-versa? My site discusses a lot of the same topics as yours and I believe we could greatly benefit from each other. If you are interested feel free to send me an e-mail. I look forward to hearing from you! Fantastic blog by the way!

  4. I’m really loving the theme/design of your blog. Do you ever run into any internet browser compatibility problems? A number of my blog readers have complained about my blog not operating correctly in Explorer but looks great in Chrome. Do you have any solutions to help fix this problem?

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्