इनरुवा । इनरुवा ३ मा भएको रात्रिकालिन टोल स्तरिय लिग फुटवल प्रतियोगिताको उपाधी चुम्दै गोर्खे चाम्लिङ टिम बिजेता बनेको छ ।

बिहिबार राती भएको खेलमा गोर्खे चाम्लिङ टिमले द अट्याक्ट टिमलाई दोस्रो हापको अन्तीम समयमा लगातार दुई गोल गरेको थियो ।

दुई गोलले पछि परेको द अट्याक्ट टिमले गोल लगाउन नसकेपछि गोर्खे चाम्लिङ टिम पहिलो रात्रिकालिन टोल स्तरिय लिग फुटवलको विजेता बनेको हो ।

इनरुवा ३ गुरुङ टोलका इन्द्र चाम्लिङको कप्तानमा मैदानमा उत्रेको गोर्खे चाम्लिङ टिममा इन्द्रसगै उनका दुई भाई छोरा, एक भतिज र एक भानिज खेलाडीका रुपमा सहभागी भएका थिए ।

सयौ दर्शकको सहभागीता रहेको प्रतियोगिताको शिल्ड तथा खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
कोरोना कहरका कारण खेल मैदानमा बसेर खेल हेर्न नपाएका दर्शक र खेल्न नपाएका खेलाडीलाई रात्रिकालिन फुटवल प्रतियोगिताले हौसला प्रदान गरेको थियो ।

राती साढे दश बजेसम्मको समय इनरुवा ३ का स्थानियका लागी खेलकुदमय बनेको प्रतियोगितामा गोर्खे चाम्लीङ राई टिम, द अट्याक टिम, युथ टिम, योड्ड टाईगर, द युनिटी, पिस गुप्र फुटवल टिम, गोरखाली फुटवल टिमले भाग लिएका थिए ।

लिग चरणमा खेलाईएको खेल राति ८ बजे सुरु गरिएकाले खेलप्रेमी दर्शकहरु गर्मी सुरु हुदै गरेकाले सपरिवार फुटवल हेर्न आउने गरेका थिए ।
शान्तीदिप नेपालले संयोजन गरेको प्रतियोगितामा इनरुवा नगरपालिकाका मेयर राजन मेहता, इनरुवा ३ का वडाअध्यक्ष कालुराम गुरुङ, सामाजिक अगुवाहरु, खलाडी तथा स्थानिय दर्शकहरुको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमाप्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरे
अर्को लेखमाऔरावनीमा सिजी फुड्सका मजदुर आन्दोलित

12 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्