इनरुवा ३ नम्बर वडामा मन्दिर निर्माण गर्न दलिय भागवण्डा नमिल्दा विवाद

4
167
Dispute over party allotment for construction of temple in Inaruwa Ward No. 3
radha krishan

इनरुवा । इनरुवा ३ स्थित राधाकृष्ण मन्दिर निमार्णका लागि इनरुवा नगरपालिकाले गठन गरेको उपभोत्ता समितीमा दलिय भागवण्डा नमिल्दा विकास योजना फिर्ता हुने गरि विवाद भएको छ ।

मन्दिर निर्माण उपभोक्ता समितीमा ३ नम्बर वडा कार्यालयले एकलौटी रुपमा मानिसहरु राखेको भन्दै नेपाली काग्रेस ३ नम्बर वडा कार्यसमितीले लेटर प्याडमा उपभोक्ता समिती मार्फत भौतिक पुर्वाधार विकासको योजना नगर्न नगराउन माग गरेको हो ।

नेपाली काग्रेसका तर्फबाट वडा कार्यसमितीका सचिव सुमन श्रेष्ठले २०७८ चैत १३ गते इनरुवा नगरपालिकामा दर्ता नम्बर ५९०१ रहेको निवेदन दर्ता गराई एकलौटी रुपमा गठन गरिएको उपभोक्ता समितीबाट काम नगर्न नगराउन भन्दै समिती पुर्नगठन गर्न माग गरेका छन ।

यसैगरि नेपाली काग्रेसका इनरुवा नगर कार्यसमितीका सचिव राकेश निरौला, नगर कार्यसमितीका सदस्य रामबहादुर कटुवाल, वडासचिव सुमन श्रेष्ठ, नेपाली काग्रेस सुनसरीका नेता आमोद आचार्य, स्थानिय प्रकाश महरा, जयप्रसाद साहसमेतले अर्को छुट्टै निवेदन मार्फत २०७८ चैत १३ गते दर्ता नम्बर ५८९९ रहेको निवेदन मार्फत उपभोक्ता समिती गठन एकलौटी भएको भन्दै पुर्नगठन गर्न र निमार्ण कार्य अगाडी नबढाउन माग गरेका छन ।

वडाअध्यक्ष कालुराम गुरुङले इनरुवा नगरपालिका कार्यपालिकाको कार्यालयले ३ नम्बर वडा कार्यालयलाई उपभोक्ता समिती गठन गर्न बजेटसहितको पत्र पठाएपछि वडा कार्यालयले सार्वजनिक सुचना गरि उपभोत्ता समिती गठन गरेको दावी गरेका छन ।

वडाअध्यक्ष गुरुङले मन्दिर परिषरमा इनरुवा तथा आसपासका धर्मअनुयायीहरुको सहभागीतामा सहमतीका आधारमा मन्दिर व्यवश्थापन समितीका पदाधिकारी तथा कार्यसमितीका सदस्यहरुको उपस्थीतीमा उपभोक्ता समिती गठन गरिएको दावी गरे ।

गुरुङले हिन्दु धर्मप्रति आस्थावान रहेका मानिसहरुले स्वच्छ भावनाले सेवा गर्न उपभोक्ता समितीमा बसेर निर्माण कार्य गर्न इच्छुक भएकाले सहमतीबाट आएका मानिसलाई उपभोक्ता समितीमा राखिएकाले दलगत आरोप लगाई निर्माण कार्यमा अवरोध गर्नु दुखःद भएको बताए ।

मन्दिर निर्माणका लागि सुनसरी क्षेत्र नम्बर ४ का प्रदेशसभा सासंद माननिय ताहिर मियाँले प्रदेश सासंद विकास कोषका तर्फबाट १० लाख रुपैया बजेट विनियोजन गरेका थिए ।

इनरुवा नगरपालिकाले बजेट शिर्षक अनुसार लगत इष्टिमेट तयार पारि उपभोत्ता समितीबाट २ लाख ४२ हजार ५ सय र सासंद विकास कोषबाट ९ लाख ७० हजार रुपैयासहित १२ लाख १२ हजार ५ सय रुपैयाँको कुल बजेट बनाएको थियो ।

अघिल्लो लेखमाजिल्ला सहकारी संघमा दाहालको नेतृत्वमा नयाँ सञ्चालक समिति
अर्को लेखमारामधुनी एमालेमा अन्र्तघातको त्राससगै आधा दर्जन मेयरका आकाक्षी नेकपा एसबाट भएको क्षतीले सारथी बिना मैदानमा एमाले कार्यकर्ता

4 टिप्पणीहरू

  1. I not to mention my pals appeared to be viewing the nice tactics located on your web page and then quickly came up with a terrible suspicion I had not expressed respect to the site owner for those techniques. My young men are actually as a result thrilled to study all of them and now have sincerely been making the most of them. I appreciate you for truly being so kind and also for deciding on varieties of incredibly good resources most people are really wanting to understand about. Our own honest apologies for not expressing gratitude to earlier.

  2. It is appropriate time to make a few plans for the future and it is time to be happy. I have learn this publish and if I may just I want to recommend you some fascinating issues or advice. Perhaps you could write subsequent articles regarding this article. I wish to learn more things about it!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्