इनरुवा । इनरुवा ५ नम्बर वडाका जेष्ठ नागरिकले पाउँदै आएका सामाजिक सुरक्षा भत्ता वडा कार्यालयले बैकमार्फत घर घरै वितरण गर्ने व्यवश्था मिलाएको छ।

इनरुवा ५ नम्बर वडाका वडाअध्यक्ष अनिलकुमार पोखरेलले त्रैमासिक रुपमा नगरपालिकाले जेष्ठ नागरिकहरुको मासिक भत्ता बैक खातामा पठाउने गरेकाले जेष्ठ नागरिकलाई बैकसम्म जान आउन समस्या देखिएपछि घर घरमै बैकको सेवा दिएको हो ।

अध्यक्ष पोखरेलले भने इनरुवा ५ नम्बर वडामा लक्ष्मी बैकको बैकिङ खाताबाट जेष्ठ नागरिकको रकम जम्मा हुदै आएको थियो ।

लक्ष्मी बैकले शाखाका अनुप निरौलालाई जेष्ठ नागकिरलाई सेवा दिने गरि घर घरमा गएर सम्बन्धित व्यक्तिबाट चेक लिएर रकम दिन खटाएको थियो ।

अघिल्लो लेखमासुनसरीका २९ उम्मेदवार आफैले आफूलाई मत नहाल्नेदेखि पाँच मत नकटाउनेसम्मका
अर्को लेखमाजन्मदिन मनाउने खर्चले इनरुवाका गरिब दलित बालबालिकालाई आखाँ शिविर

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्