इनरुवा । इनरुवा ५ बलाहामा झिगु नेवाः समाजको नेवा सामुदायिक भवन तथा पार्क निर्माण हुने भएको छ ।

झिगु नेवाः समाजका लालबहादुर श्रेष्ठका अनुसार नेवा समुदायको जातीय पहिचान झल्कने पार्कसहित नेवा सामुदायिक भवन निर्माणका लागि प्रदेश सरकार र स्थानीय स्तरमा प्राप्त सहयोगमा भवन निर्माण थालिएको हो ।

भवन निर्माण कार्यक्रमो शुभारम्भ एक नम्बर प्रदेश सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा (लिम्बू) ले गरेकी थिइन ।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री लिम्बुले इनरुवामा बन्ने लागेको नेवाः समुदायको सामुदायिक
भवन प्रदेशमै नमुना भवन बन्ने अपेक्षा गरिएकाले यसक्षेत्रका नेवारहरुको एकता, सद्भाव दर्शाउने काम भएको बताइन ।
लिम्बुले प्रदेश सरकारको २५ लाख बजेटबाट काम सुरु हुने भएको र थप सहयोग गर्न तयार रहेको बताइन ।

समाजका लालबहादुर श्रेष्ठका अनुसार कुल दुई करोड ९० लाख माथिको बजेटमा सात कठ्ठा क्षेत्रफल रहेको जग्गामा काम सुरु हुने भएको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, इनरुवा नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहतासहितकाहरुले नेपालमा नेवार जातिको संस्कृति, सभ्यता सबैभन्दा महत्वपूर्ण रहेको र उनीहरुको सम्मानका लागि सामूदायिक भवन बन्ने भएको बताएका थिए ।

नेपालमा चल्ने जात्रा, खानपिन, पूजा, धार्मिक ऐतिहासिक संरचना नै विदेशी पर्यटकहरुको आकर्षकको केन्द्र हुने गरेकाले पार्क पनि निर्माण हुने दाबी समाजको छ ।

शिलान्यास कार्यक्रम झिगु नेवाः समाज इनरुवाका अध्यक्ष भुपाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अघिल्लो लेखमानिजामती सेवा दिवसमा बृक्षारोपण र प्रभातफेरि
अर्को लेखमाइनरुवाका सबै वडामा जेष्ठ नागरिक भवन निर्माण गरिने

१ प्रत्रिक्रिया

  1. I may need your help. I’ve been doing research on gate io recently, and I’ve tried a lot of different things. Later, I read your article, and I think your way of writing has given me some innovative ideas, thank you very much.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्