इनरुवाका मतदाताको मन जित्न भीम आचार्य र रामप्रसाद घरआँगनमा

29
84
Bhim Acharya and Ram Prasad in the courtyard to win the hearts of the voters of Inaruwa
rammmmmm

इनरुवा । इनरुवा ६ मधेशा र इनरुवा २ नम्बर वडा घर भएका नेकपा एमालेका नेता भिम आर्चाय र रामप्रसाद मेहता इनरुवाका मतदाताको मन जित्न घरआगनमा भलाकुसारी गर्न व्यस्त भएका छन ।

२०४६ सालदेखि नेपाली काग्रेसले संसदीय निर्वाचनमा निरन्तर सवै चुनावमा बाजी मार्दै आएको भुगोलमा यसपटक दुवै उम्मेदवारले व्यक्तिगत र राजिनीतिक सफलता हासिल गर्न इनरुवाका मतदाताको मन जित्न समय दिएका हुन ।

इनरुवाको मधेशा, बलाहा, बविया, जल्पापुर, १ र २ नम्बर वडाका मतदाताका माझमा परिचित नाम भएपनि दुवै उम्मेदवारले राजनीतिक सम्बन्धलाई स्थापित गराउन घरआँगनमा पुगेर मन जित्ने अभियान चलाएका हुन ।

प्रदेश एकको मुख्यमन्त्रीसमेत भएका भिम आर्चाय एमालेको राजनीतिमा केन्द्रदेखि वडासम्म प्रभावशाली नेताका रुपमा चिनिन्छन ।

आचार्यले लामो राजनीतिक जीवनको सम्बन्धलाई २ नम्बर क्षेत्रको विकासमा समर्पित गर्ने प्रतिवद्धताका साथ प्रतिनिधिसभा उम्मेदवार भएर निर्वाचनमा जित हात पार्ने लक्ष्य लिएका छन ।

इनरुवावासीका बिचमा पहिचान स्थापित भएपनि व्यक्तिगत सम्बन्ध प्रगाढ नभएको आरोप लाग्दै आएका आर्चाय आफनो बाँकी राजनीतिक र सामाजिक जीवन २ नम्बर निर्वाचन क्षेत्रमा समर्पित गर्ने प्रतिवद्धता लिएर चुनावी अभियानमा होमिएका हुन ।

ऋघिल्लो पटकको निर्वाचनमा जितको नजिक पुगेपनि मतदाताले दिएको मत बदर भएका कारण हार व्यहोरेका रामप्रसाद मेहताले यसपटक इनरुवावासीकै निर्णायक मतबाट चुनाव जित्ने लक्ष्य लिएका छन ।

मेहताले इनरुवावासीका सवै घरमा पुगेर अनुहार देखाउने, मत माग्ने र मन विश्वास जित्ने लक्ष्य अनुरुप चुनावी अभियानलाई अगाडी बढाएका छन ।

अघिल्लो लेखमाफेसवुकबाट स्थानीयताको वकालत गर्ने चन्दनलाई सुनसरी प्रशासनद्धारा सोधपुछ
अर्को लेखमामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुनसरी ४ का मतदाताले ब्यक्ति होईन विकास हेरेर भोट दिने विश्वास

29 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्