इनरुवाको डम्पिङ साईडमा फोहर फाल्न नदिन जातीय संस्थाहरु नगरपालिका बिरुद्ध आन्दोलनको तयारीमा

29
141
Irregularity of crores in the illegal purchase of various goods masland jinsi in Inaruwa municipality
Inaruwa Municipal

इनरुवा । इनरुवा ८ स्थित सुनसरी खोला किनारमा बनाईएको डम्पिङ साइडमा फोहोर फाल्ने विषयको विवादमा स्थानीय उराँव समुदायमाथि भएको बलप्रयोगको विरोध गर्दै जातीय संस्थाहरुले इनरुवा नगरपालिकाबिरुद्ध आन्दोलनको चेतावनी दिएका छन ।

स्थानीय उराँव समुदायको संघर्ष समिति, नेपाल झाँगड (उराँव) कोड्रेम सुध्रारा जिल्ला कार्य समिति र राजी पाडहा सरना प्रार्थनासभाले शुक्रवार इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीलाई एक ज्ञापनत्र बुझाउँदै त्यस्तो चेतावनी दिएका हुन ।

अब्यवस्थित रुपमा फालिएको फोहोरका कारण पीडित बनेका स्थानीय उराँव समुदायका मानिसहरुले गरेको अवरोधमा नगरपालिका र प्रहरी प्रशासनले बल प्रयोग गरेर अन्याय गरेको भन्दै सो क्षेत्रमा फोहोर फाल्न रोकको मागसहित आन्दोलनको चेतावनी दिएका हुन ।

घाइतेको उपचार र तत्काल क्षतिपूर्तिसहित सात बुँदे माग पुरा गर्न माग गर्दै अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी ज्ञापनपत्र मार्फत उनीहरुले दिएका छन ।

ज्ञापन पत्रमा मानवीय बस्तीको नजिक रहेको खोला किनारमा अब्यवस्थित रुपमा फोहोर फाल्दा वातावरण प्रदुर्षण भएर स्थानीयहरु घरमा बसिनसक्नु भएको, अधिकांशमा श्वासप्रश्वास सम्बन्धी रोग देखिन थालेको, डेंगुको संक्रमण फैलिन थालेको ज्ञापनपत्रमा उल्लेख छ ।

उराँव समुदायको धार्मिक स्थल रहेको खानेपानीको ट्यांकी रहेको क्षेत्रमा फोहोर फालेको, इनरुवासहित तीन पालिकाको पानीको स्रोत रहेको नदी दुषित बनाउँदा स्थानीयहरुको जनजीवन कष्टकर बनेको, स्वर्गद्धारीघाट, हनुमान बृद्धाश्रम, धार्मिक क्षेत्र त्रिवेणी घाट, कुरुवा मेला र क्रिश्चियनहरुको प्रार्थना स्थल प्रभावित बनेको भन्दै सो क्षेत्रमा फोहोर नफाल्न आग्रह गरिएको छ ।

आपसी सहमति र छलफलबाट समस्या सुल्झाउनुको साटो बल प्रयोग भएको भन्दै विगतका गल्ती तत्काल नसच्याए आन्दोलनमा उत्रने चेतावनी ज्ञापनपत्रमार्फत दिईएको छ ।

अघिल्लो लेखमासुनसरीको गढी गाँउपालिकाले प्रत्येक वडामा हेलिप्याड बनाउने
अर्को लेखमाअनुगमन टोली देखेपछि इनरुवाका औषधी ब्यवसायी पसल बन्द गरेर भागदौड

29 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्