विपीको शालिक अनावरण नहुदै इनरुवामा सार्वजनिक !

0
113
Public in Inaruwa without the unveiling of the statue of VP!
bp salik ina

इनरुवा । इनरुवा ९ बवियामा रहेको विशेश्वर प्रसाद कोइरालाको शालिक निमार्ण कार्य समपन्न भएको चारवर्ष बित्दासमेत अनावरण नहुदै पुर्णकदको शालिक सार्वजनिक भएको छ।

इनरुवा नगरपालिकाले उपभोक्ता समिती मार्फत निर्माण गरेको नेपाल्री काग्रेसका सस्थाँपक नेता तथा पुर्वप्र्र्र्र्रधानमन्त्री विपी कोइरालाको पुर्ण कदको शालिक तिनदिन अगाडीबाट अनावरण नहुदै सार्वजनिक भएको हो ।

शालिक बनाएको वर्षौपछि एकाएक छोपिएको कपडा हटाएकाले शालिक सार्वजनिक भएपनि इनरुवा नगरपालिकाले शालिक अनावरण गरेको जानकारी नपाएका सर्वसाधरण भने आश्चर्यमा परेका छन ।

नेपाली काग्र्रेसका सुनसरी जिल्ला सभापतीसमेत रहेका इनरुवाका मेयर केदार भण्डारीले भने शालिक अनावरण नभएकाले सार्वजनिक नगरिएको बताए ।

उनले भने शालिक छोपिएको कपडा पुरानो मक्कीएकाले हावाहुरी चल्दा उडाएको हुन सक्छ नगरपालिकाले अनावरण गरेर मात्रै शालिक सार्वजनिक गर्ने योजना बनाएको छ पुनः कपडा लगाएर छोप्ने काय्र्र हु्रन्छ ।

भण्डारीले शालिक अनावरणका लागि पुर्वप्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई प्रमुख अतिथी बनाउने योजना रहेकाले उहाँले कोशी प्रदेशमा कुनै कार्यक्रममा आएको अवसरमा शालिकको अनावरण गर्ने आश्वासन दिनु भएकाले देउवाको पर्खाइमा ढिलाई भएको हो।

अनावरण गर्ने मिती तय भएपछि शालिक ’round कालोपत्रे सडक बनाउन बाँकी रहेकाले डिपिआर तयार समेत गरि सडक बनाउने योजना रहेको छ । सोका लागि नगरपालिकाले प्रमुख अतिथी आउने मिती भन्दा अगाडी सडक बनाइ सक्ने भण्डारीले बताए ।

पुर्व नगर प्रमुख राजन मेहताले स्थानिय अ्रञ्जन श्रेष्ठ अध्यक्ष रहेको उपभोक्ता समिती मार्फत नगरपालिकाको सम्पुर्ण खर्चमा शालिक निर्माण गर्न लगाएका थिए।

अघिल्लो लेखमाइनरुवाको शिक्षा नियमवाली र निर्देशिका देखाउने दाँतमात्रै
अर्को लेखमाइनरुवाका महिला जनप्रतिनिधिलाई वडाध्यक्षले अपमान गरेको भन्दै मेयरलाई मागपत्र

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्