इनरुवा । इनरुवा ९ स्थित भगवति मन्दिरमा यस वर्ष परम्परागत रुपमा गरिदै आएको सवै पूजाआजाको कार्यक्रम यस पटकको नवरात्रीमा नहुने भएको छ ।

भगवति मन्दिर बविया सञ्चालन कार्यसमिति अध्यक्ष संजयप्रसाद श्रेष्ठको अध्यक्षतामा सरोकारवालाहरुको भेलाले मन्दिरमा प्रत्येक वर्ष दिदै आएको बलि पूजा नगर्ने निर्णय गरेको हो ।

मन्दिर सञ्चालक समितिका सह–सचिव विनोद खनालले मन्दिरमा कोरोना महामारीका कारण परम्परागत रुपमा गरिदै आएको पूजा नगर्ने भएपछि संक्षिप्त रुपमा नित्य पूजासँगै क्षमापूजा मात्र गर्ने निर्णय भेलाले गरेको बताए ।

उनले भने,‘ मन्दिरमा पुजारी र कार्यसमितिका प्रतिनिधिको उपस्थितिमा क्षमापूजा गर्ने निर्णयसँगै यस वर्ष विगतका वर्षदेखि लाग्दै आएको मेला, सांस्कृतिक कार्यक्रम, सर्वसाधरणहरुले गर्दै आएको परम्परागत पूजाहरु पूर्णरुपमा बन्द गरिएको छ ।’

इनरुवा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष वसिरमुद्दीन मन्सुरी लगायतका अगुवाहरुको सहभागीता रहेको भेलाले यस वर्षको विजयादशमीका सवै कार्यक्रमहरु आफ्ना घर परिवारभित्र मात्र सिमित राख्न, अन्यत्र नजान, भिडभाड हुने गरी खानपिन र टिका लगाउन वडावासीहरुलाई अपिल गरिएको छ ।

वडाअध्यक्ष मन्सुरीले इनरुवा ९ बवियावासी अगुवा समाजसेवीहरुले यस वर्ष कोरोना महामारीको संक्रमण फैलिन क्रम बढ्दै गएकाले नेपालीहरुको ठूला चाडपर्व मध्येको विजयादशमी सुरक्षित रुपमा घरपरिवारमा मात्र मनाउन आग्रह गर्ने निर्णयअनुसार वडावासीहरुलाई आग्रह गरिएको बताए ।

मन्दिर समितिका अञ्जन श्रेष्ठले यसपटक विजया दशमीका दिन सवै भत्तजनहरुलाई मन्दिरमा कुनै प्रकारका पूजाआजा, बलि, भोग लगायतका कार्यहरु नहुने भएकाले घरमा मात्र सिमित रहेर दशै मनाउन सार्वजनिक रुपमा आह्वान गरिएको बताए ।

अघिल्लो लेखमाबीपीको कोभिड अस्पतालका अधिकांश नयाँ भेन्टिलेटरहरु बिग्रिए
अर्को लेखमाविद्यालय बन्द हुँदा सुनसरीको दक्षिण क्षेत्रका विद्यार्थी तस्करीमा

13 टिप्पणीहरू

  1. You actually make it seem so easy with your presentation but I find this matter to be actually something which I think I would never understand. It seems too complex and very broad for me. I am looking forward for your next post, I’ll try to get the hang of it!

  2. I just wanted to send a small note so as to express gratitude to you for the fantastic advice you are sharing at this website. My extensive internet lookup has at the end of the day been paid with reputable content to exchange with my company. I ‘d repeat that most of us visitors are extremely blessed to exist in a superb place with very many brilliant professionals with interesting principles. I feel extremely lucky to have seen your website page and look forward to some more cool minutes reading here. Thanks a lot again for a lot of things.

  3. Have you ever considered publishing an e-book or guest authoring on other sites? I have a blog based upon on the same topics you discuss and would really like to have you share some stories/information. I know my subscribers would appreciate your work. If you are even remotely interested, feel free to send me an e mail.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्