उधोग वाणिज्य संध इनरुवाको निर्वाचनमा तिनवटा प्यानल चुनावी मैदानमा

तिनवटै प्यानलबाट १५ सदस्य कार्यसमितीका लागि ५० जनाको उम्मेदवारी

0
70
The oath of those elected in the election of Udyog Banijya Sangha Inaruwa could not be taken even after a month
udhog banijya sangh inaruwa

तिनवटै प्यानलबाट १५ सदस्य कार्यसमितीका लागि ५० जनाको उम्मेदवारी

इनरुवा । उधोग वाणिज्य संघ इनरुवाको नयाँ कार्यसमिती चयनका लागि हुने निर्वाचनमा तिनवटा प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।

आउदो माघ २८ गते शनिवार हुने निर्वाचनका लागि अध्यक्ष पदमा वर्तमान कार्यसमितीका अध्यक्ष विरेन्द्र साह, केदार ओझा र पहलबहादुर कटुवालले उम्मेदवारी दिएका छन ।

साह, ओझा र कटुवाल अध्यक्ष रहेको कार्यसमितीका पदाधिकारी सदस्यमा प्यानलसहित उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।

निर्वाचन अधिकृत शंकर पोखरेलका अनुसार अध्यक्षका लागि विरेन्द्र साह, केदार ओझा र पहलबहादुर कटुवालको उम्मेदवारी दर्ता भएको छ ।

विरेन्द्र साह नेतृत्वको प्यानलमा कार्यसमितीको उपाध्यक्षमा बद्री स्वर्णकार, सचिवमा मनोज जैन, सहसचिवमा गौतम झा र कोषाध्यक्षमा उमेशकुमार गुप्ताले पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरि साहको प्यानलबाट कार्यसमितीको महिला सदस्यमा रितादेवी साह र लक्ष्मी पाठकले उम्मेदवारी दिएका छन । यसैगरि खुल्ला सदस्यतर्फ सोही प्यानलबाट अमरेन्द्रकुमार मेहता, मनोज शर्मा, शिवकुमार यादव, सिताराम चौधरी, रमेश साह, कपलेश्वर यादव, सत्यनारायण साह, फिरोज आलमले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरि केदार ओझा नेतृत्वको प्यानलमा उपाध्यक्षमा गिरीराज अटल, सचिवमा सुरेन्द्र साह, सहसचिवमा रियाज आलम र कोषाध्यक्षमा रामकुमार मेहताले उम्मेदवारी दर्ता गराएका छन ।

ओझाको प्यानलबाट कार्यसमितीमा महिला सदस्यतर्फ टिका न्यौपाने र अञ्जनाकुमारी साहले उम्मेदवारी दर्ता गराएका छन । कार्यसमितीको खुल्ला सदस्यमा ओझा प्यानलबाट हरी निरौला, बुधनारायण मेहता, किरण श्रेष्ठ, मनोज मेहता, राजन साह, ओमप्रकाश बस्नेत, दिगम्बर स्वर्णकार, अजयकुमार सिहले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरि पहलबहादु कटुवाल नेतृत्वको प्यानलमा उपाध्यक्षमा मोम्मद कासिम मियाँ, सहसचिवमा त्रिलोकचन्द्र गुप्ताले पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरि कार्यसमितीको महिला सदस्यमा निरा पोखरेल, कार्यसमितीको सदस्यमा संचार उद्यमीसमेत रहेका व्यवसायी जिवराज दाहाल, युवा व्यवसायी प्रितम अटल, रसिद अन्सारी, प्रविण श्रेष्ठ, आशिषकुमार बोथरा, बिक्रमकुमार पोद्धार, अनिलकुमार स्वर्णकार र सरफराज आलमले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरि प्रकाशकुमार भट्टराई र विरेन्द्रकुमार साहको कार्यसमिती सदस्यमा उम्मेदवारी दर्ता भएको छ।

अघिल्लो लेखमाचुनाव इनरुवाका ब्यापारीहरुको : सकस कांग्रेसलाई
अर्को लेखमाजिल्ला अस्पताल सुनसरीमा ड्यूटीमा चिकित्सक नबस्दा विवाद

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्