अध्याँरो श्रीलंका टापुमा विजुली बाल्ने नेता भन्दै मन्त्री कार्कीको भब्य स्वागत

27
77
Minister Karki received a warm welcome as the leader who turned on the electricity in the dark island of Sri Lanka
sunsari 4

इनरुवा । करिब चार दशकदेखि विजुली बत्ति बिहीन अवस्थामा कष्टकर जीवन विताउँदै आएका सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्र्तगतको बराहक्षेत्र वडा नम्बर ६ र ९ मा पर्ने श्रीलंका टापुका स्थानीयहरुले विजुली बत्ति पु¥याएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको स्थानीयले भब्य स्वागत गरेका छन ।

मतदातालाई भेट्न एक घण्टाको कार्यक्रम लिएर सोमबार विहान करिब १० बजे श्रीलंका टापु पुगेका मन्त्री कार्कीले मतदातासँग भेटघाट गर्न एक ठाँउमा कार्यक्रम राखिएको भएपनि स्थानीयहरुको आग्रहमा उनी चार ठाँउका कार्यक्रममा सहभागि हुनु प¥यो ।

एक घण्टाको निर्धारित कार्यक्रम लिएर पुगेका मन्त्री त्यहाँ झण्डै छ घण्टा विताएर फर्किए ।
मन्त्री कार्की टापु क्षेत्रमा पुग्दा त्यहाँका स्थानीयहरुले घर घरमा भेला भएर स्वागत गर्दै आफूहरुको समस्या बुझेर काम गरिदिएकोमा धन्यबाद दिदै आफूहरुको बाँकी समस्याको विषयमा जानकारी गराएका थिए ।

स्थानीय प्रल्हाद कविरथले अहिलेसम्म जातीय अनुसूचीमा नपरेका कविरथ र चन्द्रबंशीलाई पहिचान दिलाउन जातीय अनुसूचीमा सूचिकृत गर्ने काम मन्त्री कार्कीकै पहलमा अन्तिम चरणमा पुगेको भन्दै आफूहरुलाई नेपाली जातीय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यबाद दिए ।

उनले अहिलेसम्म धेरै जनप्रतिनिधि जिताएर पठाएपनि आश्वासन बाहेक केही नपाएको अवस्थामा मन्त्री कार्कीले आफूहरुले उठाएको एउटा मात्रै माग विजुली बत्ति पु¥याउने काम पुरा गरेकोमा धन्यबाद र टापुलाई बराहक्षेत्र नगरपालिकासँग जोड्ने गरी झोलुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको आभार ब्यक्त गरे ।

कविरथले भने, ‘अहिलेसम्म जितेर गएकाहरुले गर्छौ भने केही गरेनन तर मन्त्री ज्यूले जे भन्नु भयो त्यो गर्नु भयो । हामीलाई हाम्रा होईन, काम गर्ने राम्रा नेता चाहिएको छ । यो हामीले मन्त्री ज्यूमा देखेका छौ ।’

स्थानीयहरुले त्यहाँ रहेको कोशी कटानको समस्या समाधान, जंगली जनावरको आक्रमण रोक्न घेराबेरा, एम्बुलेन्स, ट्रान्सफरमर, आठ कक्षासम्मको विद्यालयलाई दश कक्षासम्मको अध्यापन गराउन सक्ने मावी विद्यालयको निर्माण र बाटोको समस्या समाधानको लागी आग्रह गरेका थिए ।

जसमा मन्त्री कार्कीले कोशी कटानको समस्या समाधानको लागि आफूहरुले भारत सरकारसँग कुटनीतिक च्यानलबाट कुराकानी र प्रक्रिया अगाडि बढाएको भन्दै निर्वाचनपछि स्थानीयले कागजात बनाएर पठाए आफूहरुले एम्बुलेन्स र ट्रान्सफरमर जडानको काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले भने, ‘निर्वाचनको कारण धेरै काम अहिले गर्न सकिदैन तर निर्वाचन सकिएपछि तपाईहरुका तत्काल समाधान हुने समस्या समाधानमा म काम गर्छु ।’ मन्त्री कार्की सोमबार रामधुनी नगरपालिका वडा नम्बर ४ र बराहक्षेत्र वडा नम्बर ६ चक्रघट्टीको कार्यक्रममा सहभागि भएका थिए। सबै कार्यक्रममा स्थानीयहरुले उनको भब्य स्वागत गर्दै विजयको अग्रिम शुभकामना दिएका थिए ।

अघिल्लो लेखमाकोशी कहर भोगेका जगदिश कुसियैतको कोशी क्षेत्रमा अग्नी परिक्षा
अर्को लेखमासुनसरी २  : बदलिएको देवानगञ्जमा सीतारामको अन्तिम अग्नि परिक्षा

27 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्