इनरुवा । कोशी प्रदेशको झापा स्थित दमकमा चार महिनादेखि बस्दै आएका पुर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका लागि देशी विदेशी शक्तीलाई भेट गर्दै सक्रिय भईरहेको बेला इनरुवामा आएर सम्बोधन गर्ने भएका छन ।
हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका लागि सक्रिय रहेका राष्ट्रवादी नेता सिनेट श्रेष्ठको अगुवाईमा हुने नागरिक अभिनन्दनमा इनरुवा आउन लागेका पुर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो योजनाका ’boutमा कोशी प्रदेशवासीको भेला मार्फत विशेष सम्बोधन मार्फत जानकारी गराउने भएका हुन ।
नागरिक अभिनन्दन समितीका अगुवा मोहीनारायण चौधरीले आउदो चैतको तेस्रो साता २० गते सोमबार ११ बजे इनरुवा आउने पुर्वराजाको कार्यक्रमको व्यवश्थापन लगायतको सम्पुर्ण तयारी पुरा भएकाले सो दिन देश विदेशको ध्यान इनरुवामा केन्द्रित हुने बताए ।
पुर्वराजा ज्ञानेन्द्र शाह आउने कार्यक्रमको प्रचार प्रसार कार्यको संयोजन गरिरहेका युवा पुकार श्रेष्ठका अनुसार कोशी प्रदेशवासीहरु भेला हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन इनरुवा जेल फिल्डमा रहेको खेल मैदानमा हुने कार्यक्रममा देशवासीका नाममा पुर्वराजाले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
श्रेष्ठले भने “सरकारको इनरुवामा हुने सवारी देशवासीका लागि नयाँ सन्देश दिन विशेष सम्बोधन गर्ने कार्यक्रमसहित तय गरिएको हो; इनरुवाबाट हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका लागि नेपाली जनताले आवाज उठाउने निर्णायक दिन हुनेछ”।
पुर्वराजाको कार्यक्रममा हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका लागि सक्रिय रहेका राष्ट्रवादी नेता केशरबहादुर विष्ट र सिनेट श्रेष्ठले नेपाली जनताको तर्फबाट अहिलेको अवश्थामा जानकारी गराउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
समितीका सदस्य भुपाल प्रधानका अनुसार पुर्वराजा चैत २० गते इनरुवा ३ स्थित सखुवागाछी चौकमा आएपछि आफनै सवारीसाधनबाट भेलामा सहभागी हुने र सडकपेटीमा बसेका स्थानिय लाई अभिवादन गर्दै इनरुवा १ स्थित शान्तीचोकसम्म आउने कार्यक्रम तय भएको छ ।
शान्तीचोकबाट सवारीसाधन छाडेर पैदल इनरुवा बजार हुदै इनारको प्रतिमा रहेको स्थानबाट जिल्ला अस्पतालको गेट हुदै पुर्वतर्फबाट इनरुवा खेलमैदानसम्म हिडदै जाने कार्यक्रम रहेको छ ।
खेलमैदानमा भेला भएका कोशी प्रदेशभरीका पुर्वराजाका समर्थकले पुर्वराजालाई नागरिक अभिनन्दन गरे पश्चात हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका बिषयमा चासोका पुर्वक हेरिरहेको राजनितिक घटनाक्रमका ’boutमा विशेष सम्बोधन मार्फत जानकारी दिने कार्यक्रम रहेको बताइन्छ।
इनरुवामा भेला तयारीका लागि पुर्वराजाका समर्थकहरुले विभिन्न समिती बनाएर काम सुरु गर्नुका साथै प्रचार प्रसार कार्यलाई व्यापक बनाएका छन ।
इनरुवामा खेमराज श्रेष्ठ, भुपाल प्रधान, मोहीनारायण चौधरी, पुकार श्रेष्ठ, दिनेश सुन्दास, हरि दाहाल, सेमन्तराज बराल, दुर्गा प्याकुरेलसहितको टोलीले कार्यक्रमको संयोजन गरिहेका छन ।
यसैबिच आउदो चैत १३ गते इटहरी स्थित बुढीखोलामा हुने सन्धयाकालिन आरतीमा सहभागी हुन पुर्वराजा ज्ञानेन्द्र आउने भएका छन ।
बुधवार मात्रै झापा स्थित पुर्वराजा रहेको चिया बगानमा राप्रपाका शिर्ष तहका नेताहरुले सामुहिक भेट गरि हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनाका बिषयमा छलफल गरेका थिए ।