दुहवी–इनरुवा सडक निर्माणका लागि तत्काल टेण्डर नखोले तीन पालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रने

0
208
People's representatives of three municipalities will go on strike if the tender is not opened immediately for the construction of Duhavi-Inaruwa road.
inaruwa- duhabi sadak

इनरुवा । कोशी प्रदेश सरकारले दुहवी–इनरुवा सडक निर्माणका लागि तत्काल टेण्डर नखोले सो सडक खण्डमा पर्ने तीनवटा पालिकाका जनप्र्रतिनिधि स्थानियसँगै आन्दोलनमा उत्रिने भएका छन ।

सुनसरीको गढी गाउँपालिका कार्यालयमा भेला भएका इनरुवा, दुहवी र गढीका पालिका प्रमुखहरुको बैठकले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई ध्यानार्कषण गराउने निर्णय गर्दै तत्काल निर्माणका लागि टेण्डर आह्वान नगरे स्थानीयलाई साथमा लिएर आन्दोलनमा उत्रने निर्णय गरेका छन।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी बिच भएको बैठकले प्रदेश सरकारका नाममा दुहवी–इनरुवा सडक निर्माणका लागि बजेट विनियोजन भैसकेको अवश्थामा समयमा टेण्डर नखोल्दा सडक निर्माण कार्य अनिश्चित बन्ने अवश्था आएकाले मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेका हुन ।

इनरुवाका मेयर केदार भण्डारीले दुहवी–इनरुवा सडक निर्माणका लागि सरकारको कोषमा १ अर्ब २५ करोड रुपैयाँ विनियोजित भएको जानकारी पाएकाले उक्त रकमबाट पहिलो चरणमा सडक निर्माण गर्न बोलपत्र आह्वान नगरेको अवश्थाले शंका उब्जाएको बताए ।

भण्डारीले सरकारले स्र्रोतको सुनिश्चत गरिसकेको हुँदा दुहवीबाट सुनसरीको सदरमुकाम जोडने सडक जिल्लाको पूर्व दक्षिणक्षेत्रको मुख्य आवतजावत गर्ने छोटो दुरीको सडक रहनुका साथै पूर्व–पश्चिम राजमार्गसँग सिधा सम्पर्क हुने सडकलाइ्र्र अहिलेको अवश्थामा स्तरउन्नती गरेर लैजान ढिलाइ्र्र गर्दा यसक्षेत्रको विकासमा प्र्रत्यक्ष रुपमा असर पुग्ने बताए ।

दुहवीका मेयर वेदनारायण गच्छदारले भारतको गलगलियादेखि इनरुवासम्म निर्माण हुने दुहवी–इनरुवा सडक तीनवटा जिल्लाको सडक सञ्जाल भएकाले प्रदेश सरकारको गौरवको एकमात्र आयोजना निर्माणमा प्रदेश सरकार गम्भीर नहुनु दुखद् भएको बताए ।

मेयर गच्छदारले प्रदेशमा रहेका ठुला उद्योगका लागि वैकल्पिक सडकका रुपमा रहेको दुहवी–इनरुवा सडक अहिलेको अवश्थामा बढ्दो सवारीसाधनको चापलाई थेग्न नसक्ने गरि जिर्ण बन्नुका साथै साधँुरो भएकाले अबिलम्ब सडक निर्माण कार्य थाल्नु जरुरी रहेको बताए ।

उनले भने, ‘सडकसँग जोडिएका पालिकाहरुको समन्वयमा प्रदेश सरकारका मुख्यमन्त्रीको ध्यानआर्कषण गराउनुका साथै दवावमुलक कार्यक्रम गर्दै अगाडि बढने तीनवटा पालिका बिचमा भएको सहमतिअनुसार अगाडि बढने छौ ।’

गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले सुनसरीको मध्य दक्षिणक्षेत्रको मुख्य सडकका रुपमा दुहवी–इनरुवा सडक २०५३ मा निर्माण भइ्र्र २०६८ सालमा मर्मतसम्भार स्तरउनन्नी भएकोमा आजको अवश्थामा दैनिक सडकमा गुड्ने सवारीसाधनको संख्या थप हँुदै जाँदा सवारी चापअनुसार आवतजावतमा असहज स्थिती आइसकेको बताए ।

अध्यक्ष चौधरीले इनरुवाबाट दुहवी जान र दुहवीबाट इनरुवा जान गढी हुँदै जानुपर्ने सडक जिर्ण बनिसकेकाले आउँदो वर्षाको बाढीको समयमा आवतजावत हुने अवश्था नरहेको बताए ।

उनले दुहवी–इनरुवा सडक आसपासका स्थानीयहरुले फोरलेन सडकका रुपमा स्तरउन्नती हुने माग गरि आएकाले तीनवटा पालिका बिचको सहकार्यमा सम्बन्धित निकायको ध्यानआकर्षण गराउन दवाव सृजना गर्न छलफल गरेको बताए ।

अध्यक्ष चौधरीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत रहेका हजारौ कर्मचारी मजदुर र उद्योगका मालसमान बोकेका सवारी साधनहरु आवतजावत गर्ने सडकका रुपमा दुहवी–इनरुवा सडक रही आएकाले प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर बाटो छिटोभन्दा छिटो बनाउनुपर्ने बताए ।

जिल्लाको मेरुदण्डका रुपमा रहेको सडक निर्माणका लागि स्थानीयले महत्वका साथ जोड दिदै विगतमा संघर्ष समिति बनाएर दवावमुलक काम गर्दै आएकाले अब पालिकाकाहरुको सहकार्य समन्वयमा स्थानीयको मागमा अगुवाई गरिने चौधरीले बताए ।

अघिल्लो लेखमागैह् अभिभावकलाई प्रधानअध्यापकले जवरजस्ती व्यवश्थापन समिति अध्यक्ष बनाएको आरोप
अर्को लेखमाज्ञानेन्द्रबहादुर कार्कीले देबानगञ्जबाट बन्ने सडकमा जस लिन आफ्नो क्षेत्रमा पर्ने इनरुवा ४ मा जबरजस्ती शिलान्यास गराएको खुलासा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्