इनरुवामा बाणिज्य साकोसको वित्तिय शिक्षा तथा ब्यवसायिक ज्ञान तालिम सम्पन्न

0
22
Completed financial education and business knowledge training of commercial banks in Inaruwa
banijya sakosh

इनरुवा । ग्रामिण उद्यम तथा विप्रेषण योजना (समृद्धी) तथा वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवासमेतको प्राविधिक तथा आर्थिक साझेदारीमा बैदेशिक रोजगारमा गएका आफ्ना शेयर सदस्य वा सदस्यका परिवार तथा गैर सदस्यहरुलाई बित्तिय शिक्षा तथा ब्यवसायिक ज्ञान तालिम दिएको छ ।

इनरुवा नगरपालिका वडा नं.९ साविकको बबिया वडा नं.६ र ८ का लागी शिव मन्दिर पोखरी चोक, वडा नं.७ र साविक जल्पापुर का सहभागीहरुको लागी सर्वोदय आधारभुत विधालयमा तथा साविक बबिया वडा नं.६ र ७ को सहभागीको लागी वालविकास केन्द्रका साथै इनरुवा वडा नं.४ का २५–२५ जना सहभागीका लागि प्रभु नारायण पण्डितको बैठक हलमा तालिम संचालन गरिएको छ ।

विदेशबाट पठाएको विप्रेषण (रेमिट) रकम तथा प्राप्त भएका विभिन्न आम्दानीबाट कसरी बचत गर्ने केका लागि गर्ने साथै साहु महाजनको चर्को ब्याजबाट कसरी बच्न सकिन्छ भन्ने विषयसँगै समाजलाई आर्थिक दृष्टीकोणले कसरी मजबुत बनाउन सकिन्छ भन्ने लगायतका विषयमा तालिममा सहभागिहरुलाई सचेतना गराईएको थियो ।

वाणिज्य बचत तथा ऋण सहकारी संस्थाको ब्यवस्थापक तथा प्रशिक्षक धनकुमार चौधरी र प्रशिक्षक प्रजाकुमारी यादवसमेतले सहभागिहरुलाई सचेतना गराएका थिए ।

त्यस्तै संस्थाको स्थापनाकालदेखि हालसम्मको आर्थिक कारोबार तथा विभिन्न अवस्थाको जानकारी अध्यक्ष विन्देश्वर मेहताले दिएका थिए । तालिमका सहभागीहरुले बचत गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

उक्त संस्थाले स–साना ब्यवसायिहरुलाई प्रवद्र्धन तथा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषमा रु.४० लाख सम्झौता भएको छ

भने साना किसान विकास लघुवित्त बित्तिय संस्था लिमिटेडबाट पशुपाल तथा तरकारी खेती उद्देश्य अन्र्तगत रु.५० लाखसमेतको सम्झौता भई स्विकृती हुने चरणमा रहेको हुँदा उक्त रकमहरु प्राप्त भए पश्चात सोही उद्देश्यहरुमा लगानी गर्ने भएको छ ।

अघिल्लो लेखमाझुम्का कारगारका आधा कैदीबन्दीमा छालाको समस्या
अर्को लेखमाबालक मृत्यूको घटना जनप्रतिनिधिको रोहवरमा इनरुवा नगरपालिकाको कार्यालयभित्रै लेनदेनमा मिलाइयो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्