इनरुवामा संगठन विस्तार अभियान चलाउदै जसपा

27
71
Jaspa running organization expansion campaign in Inaruwa
jasapa baithak

इनरुवा । जनता समाजवादी पार्टी जसपाले इनरुवामा ३ महिने अभियान सञ्चालन गरेर १ सय वटा टोल कमिटी बनाउने भएको छ ।

जसपा नेपालका नेता दिलिप साहका अनुसार शनिवार बसेको नगर कार्य समितिको बैठकले नगर कार्य समितिलाई पूर्णता दिदैं हरेक क्षेत्रमा भातृ संस्था निर्माण गर्दै टोल तहसम्म पार्टीको संगठन विस्तार थालिएको हो ।

नेता साहले नगर कार्य समितिको कार्यालय स्थापना गरि कार्यालय सञ्चालन, नगरक्षेत्रका १० वटै वडामा १ सय वटा टोल संगठन गठन, युवा विद्यार्थी, महिला, बुद्धीजीबि, आईटी संगठन निर्माण गरि प्रत्येक जनसंगठनमा १ सय जनालाई संगठित गर्ने कार्ययोजना तीन महिने अभियानमा समपन्न गर्ने लक्ष्य लिएको बताए ।

जसपाले इनरुवा नगरक्षेत्रमा नगरवासीका समस्याका ’boutमा गाउँटोलमा गएर जानकारी लिनुका साथै समस्या समाधानका लागि सम्वन्धित निकायमा दवाव सृजना गर्ने ध्यानाकर्षण गराउने कार्यसमेत गर्ने भएको छ ।

इनरुवामा समावेशी प्रतिनिधित्वका आधारमा पार्टीको सवै तहको संगठनमा सवै समुदायलाई सहभागिता गराउनका लागि अभियानमा जसपाको बिचार र नीतिको ’boutमा विभिन्न क्षेत्रमा रहेका अगुवाहरुसँग छलफल गर्ने नीति लिएको जनाइएको छ ।

जसपाका नगर अध्यक्ष गोपाल यादवको अध्यक्षतामा भएको बैठकले नगर कार्य समिति सदस्यमा रामकिशुन साह, लक्ष्मी शर्मा, कृपाराम मेहता, रामप्रसाद मेहता, देवनारायण शर्मा, रामचन्द्र मेहता, तेजनारायण मेहता (जुगुत), भागवत मेहता, गोबिन्द परियार र अरबिन्द मेहतालाई मनोनित गरेको छ ।

यसैगरि बैठकले नगर सल्लाहकार समितिमा बिरेन्द्र यादब, भगिरथ खत्वे, रामचन्द्र मेहता, कप्लेश्वर यादव, सत्यनारायण खत्वे, बोधनारायण मेहता, सुमन मेहता, भुवनेश्वर यादव, देवराम यादव, लक्ष्मी साह, सुनिल भगत, दयानन्द साह, उपेन्द्र यादव, केसीलाल पंडित, देव कृष्ण मेहता, अनिरुद्ध यादव र लखन खत्वेलाई मनोनित गर्ने निर्णय गरेको छ ।

अघिल्लो लेखमासप्तकोशी उच्चबाँध फेरि चर्चामा विराटनगरमा दुई देशबीच छलफल हुने
अर्को लेखमाडेंगी नियन्त्रणका लागि इनरुवा ५ नम्बरमा सचेतना ¥याली

27 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्