असन्तुष्ट जसपा सुनसरीका नेताद्धारा सामुहिक राजिनामा

0
276
Mass resignation by disgruntled Jaspa Sunsari leaders
Janata Samajwadi Party

इनरुवा । जनता समाजवादी पार्टी नेपाल सुनसरीका असन्तुष्ट पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन ।

जसपा सुनसरीका अध्यक्ष भगिरथ खत्वेलाई सामुहिक राजिनामा बुझाउदै ६ जना पदाधिकारीहरुले केन्द्रिय कार्यसमितीमा रहेका सुनसरीका नेताहरुले जिल्ला कार्यसमितीलाई अनिर्णयमा राखी पार्टी संचालन गरेको आरोप लगाउदै राजिनामा दिएका हुन ।

]जिल्ला उपाध्यक्षहरु रधुनन्दन मेहता, रविन राइ र गुरुदेव यादव, सचिव प्रदिप कार्की, सहसचिव अभिनन्द कुमार यादव र कोषाध्यक्ष प्रमानन्द मेहताले केन्द्रिय नेताको भुमिकाले सुनसरीमा जसपालाई तहस नहस बनाएको आरोप लगाउदै राजिनामा दिएका हुन ।

राजिनामा पत्रमा भनिएको छ सामुहिक नेतृत्व दिन असफल जिल्ला अध्यक्ष भगिरथ खत्वे केन्द्रिय कार्यकारणी सदस्य पर्शुराम बस्नेत, राजनितिक समिती सदस्य शिवबहादुर बस्नेत, केन्द्रिय सदस्य सविता यादवलगायतले गैह्जिम्मेवार भुमिका निर्वाह गरि सुनसरी जिल्ला समितीलाई तहसनहस पार्नुका साथै अदृश्य भुमिका खेलेको आरोप राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

अघिल्लो लेखमाविद्युत चोरी गर्ने इनरुवाका सातजना पक्राउ एघार हजारका दरले जरिवाना
अर्को लेखमाएमालेबाट अब्बास उम्मेदवार हुँदा ४ नम्बर क्षेत्रमा कांग्रेसलाई सकस

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्