निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रबृत्ति नगरपालिकामा हावी भएको आरोप
इनरुवा । जिल्लाको सदरमुकामसमेत रहेको इनरुवा नगर क्षेत्रमा सञ्चालित सरकारी विद्यालयका प्रधानाध्यापकहरुले नगरको शैक्षिक सुधारको लागि नगरपालिकालाई एक साताको अल्टिमेटम दिएका छन ।
आइतवार मेयर केदार भण्डारीलाई १९ बुँदे मागसहतिको ध्यानकर्षण पत्र बुझाउँदा नगरको शैक्षिक सुधारको लागि पटक पटक निर्णय भएपनि कार्यान्वयन गर्न तदारुकता नदेखाउँदा सुधारको काम अघि बढ्न नसक्दा शिक्षा क्षेत्र समस्या उन्मुख रहेको भन्दै पूर्व निर्णयलाई कार्यान्वयन गर्दै तत्काल शिक्षा सुधारको काम अगाडि बढाउन एक साताको अल्टिमेटम दिएका हुन ।
इनरुवाका तीस वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संयूक्त रुपमा बुझाउको ध्यानाकर्षण पत्रमामा भनिएको छ, ‘ इनरुवा नगरको सार्वजनिक शिक्षाको विकासमा खासै सुधारका प्रयास नगरी विगतझै चलिआइरहेको अवस्था साथै नगरका प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा प्रमुख, लेखा अधिकृतलगायत जिम्मेवार
नेतृत्वहरुको अध्यक्षतामा एवम उपस्थितिमा सामुदायिक विद्यालयको प्रधानाध्यापकको बैठक वसी नियमित तथा नीतिगत शैक्षणिक, आर्थिक, भौतिकलगायत शैक्षिक क्षेत्रलाई समायानुकुल अझ गुणस्तर यूक्त शैक्षणिक कार्य गर्ने उद्देश्यसहित विगतदेखि नै विभिन्न मिति समयमा
विभिन्न निर्णय गरेतापनि हालसम्म निर्णय एकोहोरो रुपमा मात्र लागु हुने तथा नगरपालिकाले गर्नुपर्ने निर्णय कार्यान्वयन नभई हालसम्म इनरुवाभित्रका सामुदायिक विद्यालयको विकास नभई नगर राज्यबाट बेथिति सृजना गरीएको महसुस गर्दै उक्त कार्यप्रति हामी सवै
प्रधानाध्यापकहरु मर्माहित भई दुःख प्रकट गर्दै यो ध्यानाकर्षण पत्र नगर प्रमुख ज्यूमा बुझाउँदै इनरुवा नगरभित्रका सम्पूर्ण विद्यालयको समस्या तथा इनरुवा नगरको शैक्षिक सुधारका लागि तपशिलमा उल्लेखित कार्यहरु सात दिनभित्र समाधानका निमित्त हार्दिक अपिल तथा आग्रह गर्दै सो कार्य समयमा नगरी यसबाट हुने असरप्रति इनरुवा नगरपालिका नै जिम्मेवार हुने व्यहोरा समेत अवगत गराउँदछौ ।’
ध्यानाकर्षण पत्रमार्फत प्रधानाध्यापकहरुले दरवन्दी मिलान गर्नुपर्ने, दिवाखाजा वापतको रकम निकासा गरी आगामी दिनमा दिवा खाजा व्यवस्थापन कार्यको लागि अग्रीम पेश्की रकम निकासा गरी दिनुपर्ने, विद्यालयहरु तथा वालविकास केन्द्रहरु अवश्यकताको आधारमा मर्च गरी साथै सबै बाल विकास केन्द्रहरु पायक पर्ने विद्यालयमा समायोजन गर्नु पर्ने, अंग्रेजी माध्यम संचालनका लागी पाठ्यपुस्तक तथा पाठ्य सामग्री एवम आवश्यक जनशक्ति व्यवस्थापन गर्नु पर्ने माग गरिएको छ ।
त्यसैगरी संघिय सरकारबाट प्राप्त हुने विद्यालय संचालन एवम व्यवस्थापन खर्च लगायतको विभिन्न शिर्षकवापतको रकम समयमा निकासा गर्नु पर्ने, विद्यालयमा नियमित कार्य गर्दा खर्च हुने रकम जस्तै अडिटिङ, विजुली बिल, एकीकृत सम्पति कर, इन्टरनेट, खानेपानी, शौचालय सफाई, खाजा पकाउने खर्च, ढुवानीलगायत मर्मत कार्यवापतको रकम स्रोत जुटाई समयमा
निकासा गरी दिनु पर्ने, विद्यालयको अनुगमन गरी भौतिक निर्माण जस्तै भवन, पुस्तकालय, प्रयोगशाला, घेराबेरा, शौचालय लगायतका निर्माण कार्य व्यवस्थापन गर्नु पर्ने, विद्यालयलाई आवश्यक कम्प्युटर शिक्षक, लेखापाल तथा आवश्यक शिक्षक कर्मचारी व्यवस्थापन गर्नु पर्ने माग गरिएको छ ।
त्यस्तै आन्तरिक सरुवा गर्ने निर्णय लागु गर्दा विगतको निर्णय विद्यालयको आवश्यकतालाई मध्यनजर गर्र्दै प्रधानाध्यापकको सल्लाहमा गर्ने भएको निर्णय कार्यान्वयन गर्नु पर्ने, शैक्षिक भ्रमण, अवलोकन भ्रमण, विद्युतीय सामग्री उपलब्धतालगायत विगतमा गरिएको निर्णयहरु कार्यान्वयन गरी शैक्षणिक सुधारमा अझ गुणस्तर अभिवृद्धि गर्नु पर्ने, स्थानीय विषयको
पाठ्यपुस्तक तथा पाठ्य सामग्रीहरु उपलब्ध गराउनु पर्ने, पाठ्क्रम प्रवोधिकरण तालिम संचालन गरी इनरुवा नगरभित्र मार्कलेजरलगायत परीक्षासमेतमा एकरुपता कायम गर्नु पर्ने माग गरिएको छ ।
त्यसैगरी आईईएमआईएस तयार तथा अन्य विद्युतिय संचारसहितको शैक्षणिक कार्य दक्ष जनशक्ती उत्पादनका लागि आवश्यक तालिम तथा सामग्री उपलब्ध गराउनु पर्ने, शिक्षाको लागी खेलकुद अपरिहार्यतालाई महसुस गरी सवै विद्यालयमा खेलकुद शिक्षक व्यवस्थापन गर्नु पर्ने,
शिक्षा आर्जनका लागि स्वस्थ्य बालवालिका हुनु पर्ने धारणलाई प्रत्याभूत गर्न सबै विद्यालयमा ए नर्स वा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नु पर्ने, इनरुवा नगरभित्र शैक्षिक हव स्थापना गरी नगरभित्र आवश्यक शिक्षक व्यवस्थापन गर्नु पर्ने, शिक्षा क्षेत्रको विकासका लागि सम्बन्धित
विज्ञ, पक्ष तथा सरोकारवालासँग आवधिक अन्तरकृया गरी समयानुकुल शिक्षामा सुधार गर्नु पर्ने, शिक्षा सम्बन्धि ऐन कानून निर्माण गरी लागु गर्नु पर्ने र शिक्षकको ट्रेड युनियनको
अधिकारलाई सम्मान गरी शैक्षिक निर्णयहरुमा पेशागत संस्थालाई अनिवार्य समावेश गरी निर्णय गर्नु पर्ने लगायतको माग पुरा गर्न ध्यानकर्षण गराइएको बालमन्दिर मावीका प्रधानाध्यापक सत्यनारायण मेहताले जानकारी दिए ।
Turkcell, müşterilerine pek çok farklı hizmet sunuyor ve bunlardan biri de mobil ödeme. Mobil ödemeyi kullanarak fatura ödemesi yapabilir, internet paketi satın alabilir veya diğer pek çok işlemi gerçekleştirebilirsiniz. Ayrıca Turkcell’in “Turkcell Cüzdan” adlı uygulaması sayesinde, cüzdanınızda bulunan parayı da yönetebilirsiniz.
mobil ödemenin yaygınlaşmasıyla birlikte mobil ödeme bozdurma hizmetleri de popüler hale geldi. Bu hizmetler sayesinde, kullanıcılar ellerindeki mobil ödeme bakiyelerini nakit paraya dönüştürebiliyorlar. Bu yazıda, https://bozdurnakital.com/ sitesinin güvenli mobil ödeme bozdurma hizmetlerinden bahsedeceğim.
Türk Telekom, müşterilerine pek çok farklı hizmet sunuyor ve bunlardan biri de mobil ödeme. Mobil ödemeyi kullanarak fatura ödemesi yapabilir, internet paketi satın alabilir veya diğer pek çok işlemi gerçekleştirebilirsiniz. Ancak bazen ihtiyacınız olan şey nakittir ve bu durumda da devreye “mobil ödeme bozdurma” işlemi giriyor.
mobil ödemenin yaygınlaşmasıyla birlikte mobil ödeme bozdurma hizmetleri de popüler hale geldi. Bu hizmetler sayesinde, kullanıcılar ellerindeki mobil ödeme bakiyelerini nakit paraya dönüştürebiliyorlar. Bu yazıda, https://bozdurnakital.com/ sitesinin güvenli mobil ödeme bozdurma hizmetlerinden bahsedeceğim.