मन्त्री कार्की सभा र जनप्रर्दशन गर्दै, जगदिश र अब्बास एक्ला एक्लै गाउँ पस्दै मतदाता रिझाउदै

0
49
Minister Karki holding meetings and public demonstrations Jagdish and Abbas entering the village alone
ssssssssssssssssssaaaaaaaaaaaaaaaaaaaaa

इनरुवा । जिल्लामै सर्वाधिक चर्चित क्षेत्रको रुपमा रहेको सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले गठबन्धनबाट उम्मेदवार बनेका जगदिशप्रसाद कुसियैतको चुनावी अभियान विल्कुलै फरक ढंगबाट अगाडि बढीरहेको छ ।

चुनावी अभियान सुरु भएदेखि नै मन्त्री कार्की म्याराथुन दौडको शैलीमा दिनमा डेढ दर्जन करिब सभाहरुलाई संवोधन गर्दै शक्ति प्रर्दशन गर्दै चुनावी अभियानलाई अगाडि बढाईरहेका छन ।

मन्त्री कार्कीको चुनावी तालिकाअनुसार निर्धारित स्थानमा स्थानीय नेता कार्यकर्ताहरुले सम्पूर्ण तयारी पुरा गरेर स्थानीयहरुलाई सहभागि गराएर राख्ने भएकोले उनी निर्धारित समयमा पुगेर आफ्नो कुरा राख्दै अर्को कार्यक्रममा पुगिहाल्छन ।

उनको चुनावी सभाहरुमा देखिने मानिसको सहभागिता र झकिझकाउले उनले यसपटकको निर्वाचनमा टोलटोलमा शक्ति प्रर्दशन गर्ने रणनीतिअनुसार अगाडि बढीरहेको देखिन्छ ।

शुक्रवार एकाबिहानै इनरुवा स्थित निवासबाट निस्किएका मन्त्री कार्कीले इनरुवा ३ मा रहेको भोरटोलमा ब्यवस्थित गरिएको कार्यक्रममा गएर केही मानिसलाई पार्टीमा प्रवेश गराउँदै आफ्नो धारणा राखेर त्यहाँबाट हरिनगर गाउँपालिका पुगे ।

हरिनगर गाउँपालिकाको भुटाहा चोकमा घुस्की जाने बाटो नै अवरुद्ध पारेर तयार पारेको स्टेज ठूलो संख्यामा भेला भएका मानिसहरुलाई संवोधन गरेर उनी हरिनगरामा आयोजित कार्यक्रममा सहभागि भए ।

उनी अघिल्लो निर्वाचनमा घरदैलोमा पुग्ने गरेपनि यसपटक भने फरक शैलीमा टोलटोलको सभालाई संवोधन गर्दै अगाडि बढिरहेका छन । कार्यक्रम ब्यवस्थापनका लागि कांग्रेसको ठूलो कार्यकर्ता पंक्ति परिचालित भएका छन । जसले क्षेत्रमा शक्ति प्रर्दशनको रुपमा अभियानलाई अगाडि बढाईरहेको छ ।

मन्त्री कार्कीले आफ्नो चुनावी अभियानको क्रममा आफूले गरेको विकासको विषयमा जानकारी दिदै आगामि दिनमा गर्ने विकासको विषयमा बताउने गर्दछन भने प्रतिद्धन्दीको आरोपको खण्डन गर्दै आफू पनि स्थानीय नै भएको, प्रकाशपुरमा घर भएको बताउने गर्दछन ।

शुक्रवारको सभामा संवोधन गर्दै उनले कुसियैतलाई संविधान पढ्न सुझाव दिए । उनले भने, ‘म नेपालको नागरिक हुँ । नेपालको नागरिकले नेपाल भरीमा जहाँबाट पनि चुनाव लड्न पाउँछ । चुनाव स्थानीयताको आधारमा हुँदैन, कस्ले विकास गरेको छ, कस्ले गर्छ र कस्ले गर्न सक्छ भन्ने आधारमा हुन्छ ।’

तर एमाले गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार जगदिश कुसियैत र प्रदेश खका उम्मेदवार अब्बास अन्सारीले भने चुनावी अभियान भने फरक शैलीमा अगाडि बढाईरहेका छन । उनीहरु ठूला सभाहरु गर्नु भन्दा एक्लै दोक्लै मतदाताको घरमा पुग्ने गर्दछन ।

शुक्रवार विहान इनरुवा ४ मा घरदैलोमा जगदिश भेटिएपनि प्रदेशसभा उम्मेदवार भने अलग रुपमा हरिनगर गाउँपालिकामै जनताको घर घरमा एकदुई जना कार्यकर्ताहरु लिएर पुगिरहेका थिए ।

इनरुवाको कार्यक्रम सकेर जगदिश भोक्राहा पुगे भने अब्बास हरिनगरको कार्यक्रम सकेर भोक्राहा पुगे । त्यहाँ दुबै उम्मेदवार केही बेर बसेर छलफल गरेपछि जगदिश कोशी गाउँपालिकातर्फ लागे भने अब्बासले साँझ भोक्राहामा घरदैलो गरे ।

हरिनगरबाट एक्लो आएका अब्बासलाई भोक्राहाका एमाले नेता महेन्द्र यादवले आफ्नो टोलबस्तीमा घरदैलो गराए भने जगदिशलाई जसपाका नेता देबकृष्ण यादव गोर्वधनले लिएर कोशी गाउँपालिकाको घरदैलोमा लगे ।

गोर्वधन भन्छन, ‘जनताको शक्ति मतदानमार्फत देखाउने हो, अहिले जनता धान काट्न खेतमा हुन्छन, उनीहरुको कामलाई प्रभावित गरेर शक्ति प्रर्दशन गर्नुको औचित्य नदेखेर हामी जनताको फुर्सदको समय अनुसार तालिका मिलाएर घरघरमै पुगिरहेका छौ । बजारमा जम्मा हुने भिडमा होईन भोट त घर घरमा छ नि ।’

आफ्नो अभियानको क्रममा जगदिश र अब्बासले विकासको एजेण्डासहित आफू स्थानीय भूमीपुत्र भएको र स्थानीयको समस्या’bout अवगत भएको, दुःखमा सँगै रहने ब्यक्ति भएको भन्दै मत मागिरहेका छन ।

जगदिशले घरदैलोको क्रममा मतदाताहरुसँग भनिरहेका छन, ‘ म हिजो पनि तपाईहरुसँगै थिए, अहिले पनि छु, भोली पनि रहन्छु । म विहेको जन्ती र मर्दाको मलामी भएर बस्नेछु ।’

अघिल्लो लेखमासुनसरी–२ का उम्मेदवारको मत माग्ने शैली ः सीताराम नाच्दै गाउँदै, आचार्य विकास ऐजण्डा सुनाउँदै
अर्को लेखमालोसपाका उम्मेदवार गाउटोलमा मतदाता तताउदै माहौल बनाउदै

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्