सुनसरीमा एक दिनमै ६१ फरार प्रतिवादी पक्राउ

0
127
61 fugitive accused arrested in Sunsari in one day
Sunsari District Court

इनरुवा । जिल्ला अदालत सुनसरीबाट विभिन्न अपराधमा सजाय तोकिएपनि सजाय नकाटी फरार रहँदै आएको पाँच दर्जन फरारीहरुलाई सुनसरी प्रहरीले एकै दिन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट बिशेष टोलि गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियान चलाईएकोमा अदालतबाट घोषित विभिन्न मुद्दामा फरार प्रतिवादीहरूलाई मंगलबार ६१ जना पक्राउ गरी सुनसरी जिल्ला अदालत समक्ष बुझाइएको प्रहरीले जनाएको छ ।

आ.ब.०७९÷०८० मा २ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट कैद तथा जरिवाना तोकेका १३० जना फरार प्रतिवादिहरुलाई पक्राउ गरी निजहरुबाट २६ बर्ष ८ महिना ३ दिन कैद र ४ लाख २० हजार ३४ रूपैँया जरिवाना असुल गर्न सफल भएको जनाएको छ ।

अघिल्लो लेखमाबच्चा चोर्न आएको आशंकामा सुनसरीमा सातजना भारतीय पक्राउ
अर्को लेखमाप्रदेश–१ मा पनि फैलन थाल्यो डेंगु संक्रमण सुनसरी जिल्लासंक्रमणको उच्च जोखिम

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्