इनरुवा । जिल्ला अस्पताल सुनसरीको दन्त विभागले इनरुवाका जेष्ठ नागरिकहरुको निशुल्क मुख तथा दाँतको उपचार गरेको छ ।

इनरुवा ३ स्थित सखुवागाछी चौकमा आयोजना गरिएको निशुल्क मुख तथा दाँत शिविरमा दुई सयजना जेष्ठ नागरिकले मुख र दाँतको परिक्षण गराउनुका साथै उपचार सेवा लिएका हुन ।

फिरन्ते समुह इनरुवाको संयोजन, जिल्ला अस्पताल सुनसरीको सहकार्यमा जेष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा भएको निशुल्क शिविरमा जिल्ला अस्पताल इनरुवामा रहेको दन्त विभागका चिकित्सकहरुले आवश्यक परिक्षण तथा औषधी उपचार गर्नुका साथै परामर्श दिएका थिए ।

जिल्ला अस्पताल इनरुवाका मेसु डा देवराज घिमिरेले शिविरमा आएका बिरामीको थप उपचार गर्नु पर्ने भए बाँकी उपचार अस्पतालमा लगेर निशुल्क गर्ने व्यवश्था मिलाइएको बताए ।

शिविरको उदघाटन इनरुवाका मेयर केदार भण्डारीले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर भण्डारीले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेकाले २० लाख रुपैयाँ स्वास्थ्य विमाका लागि यस वर्ष बजेटमा व्यवश्था गरिएको जानकारी गराए ।

इनरुवा ३ का वडाअध्यक्ष रमेश श्रेष्ठ, नेकपा एमालेका नेता सरोज पोखरेल, , वडासदस्य चेतराज पोखरेल, जेष्ठनागरिक मिलन केन्द्रका गणेश दुलाल, मणिराज भण्डारी, फिरन्ते समुहका इन्द्र सुवेदी, चन्द्र रिजाल, बाबुराम ओझा, लक्ष्मी पोखरेल, नारायण दुलाल, शिक्षासेवी घुब्र पोखरेललगायतको सहभागीता रहेको थियो ।

जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष पुष्कर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भुपाल तिम्सीनाले गरेका थिए ।

इनरुवामा रहेको जिल्ला अस्पतालका डाक्टर तथा मेडिकल सुपरिडन्टेन्टको टिमले अस्पतालमा रहेको विभागका विशेषज्ञ डाक्टरको सहभागीतामा हप्तामा एकदिन शिविर मार्फत गाउघरमा गएर उपचार गर्दै आएका छन ।

अघिल्लो लेखमाइनरुवाका सबै वडामा जेष्ठ नागरिक भवन निर्माण गरिने
अर्को लेखमासुनसरीमा उराँव समुदायको करम पुजा हर्सोल्लास पुर्वक मनाईयो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्