इनरुवा । जिल्ला अस्पताल सुनसरीले इनरुवामा एपेन्डिसाइटिसको शल्यक्रिया गरेर बिरामीकालागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ।

अस्पतालले शुक्रबार स्थापनाकालदेखीकै पहिलो एपेन्डिसाइटिसको सफतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । सो शल्यक्रियासँगै उक्त रोगका बिरामीले उपचारकालागि अन्यत्र धाउनु बाध्यताको अन्त्य भएको छ ।

इनरुवा अस्पतालका नामले चिनिने हाल जिल्ला अस्पताल सुनसरी, इनरुवामा पहिलो पटक सर्जन डाक्टर लबेन्द्र नारायण साहको टिमले एपेन्डिसाइटिसको शल्यकृया गरेको हो ।

डा.आशिष देव, एनेस्थेसियामा शम्भु दास सहित सिस्टरहरु प्रतिभा साह, रिता, साह र संगिता बजगाई सम्मिलित टिमले उक्त सफलता हात पारेको हो ।

यसैगरी अस्पतालले पहिलो पटक फिस्टुलाको अप्रेसन समेत सफलतापूर्वक सम्पन्न गरेको छ । त्यसैगरी खुट्टाको अप्रेसन गरी स्टिल हाल्ने काम समेत गरेको जिल्ला अस्पतालले सेवा विस्तारसँगै बिरामीकालागि सहज उपचारको बाटो समेत खोलेको छ ।

दुईसाता अगाडीबाट विशेषज्ञ डाक्टरहरुको टिमले एकैपटक धरान विराटनगर जान बाध्य बिरामीहरुलाई इनरुवामै स्वास्थ्य परिक्षण उपचार र परामर्श दिनथालेपछि अस्पतालमा बिरामीको सख्याँ दोब्बरले बढदै गएको थियो ।

क्रमशः अस्पताल सुधारमा काम गर्दै आएका मेसु डाक्टर देबराज घिमिरेकालागि पछिल्लो सफलताले थप हौसाएको छ । घिमिरे भन्छन ः इनरुवा मात्रै नभएर आसपासका साथै सम्पूर्ण जिल्लावासीकालागि खुशीको कुरो हो । तपाईकै पायक स्थानमा सर्जनको सेवा उपलब्ध छ । जसले समय र पैसा दुबैको बचत गर्नेछ ।

घिमिरेले अस्पतालको आम्दानीमा समेत क्रमशः बृद्धि हुँदै गएको बताए । उनले स्थानीय निकायसँगै प्रदेश तथा संघीय सरकारबाट समेत साथ सहयोग प्राप्त हुने क्रममा रहेकाले स्वास्थ्योपचार क्षेत्रमा अस्पतालले थप फड्को मार्ने बताए ।

सेवा प्रारम्भको क्रममा खटिने सर्जन, डाक्टर सहित स्वास्थ्यकर्मी टिमसँगै खुशी साटेका घिमिरेले सबै मिलेर अस्पतालको सेवा विस्तार र गुणस्तरीय सेवा प्रवाहमा जुट्न थप हौसला मिलेको बताए ।
पछिल्लो समय स्वास्थ्योपचार क्षेत्रमा निकै फड्को मार्दै आएको जिल्ला अस्पतालले इको, इन्डोस्कोपी सेवा संचालनमा ल्याई सकेको छ । अस्पतालले औषधि अभावका साथै अस्पताल भित्रका कमिकमजोरी र समस्या समाधान तथा सुधार गरी अघि बढ्दै आएको जनाएको छ ।

अघिल्लो लेखमाइनरुवाका सरकारी विद्यालयलाई डिजिटलाइजेसन बनाइदै
अर्को लेखमाएमाले तय गर्‍याे सुनसरीमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्