इनरुवा अ्स्पतालको फोहर व्यवश्थापन गर्न युएनडिपीले सहयोग गर्ने सम्झौता

0
33
Agreement to assist UNDP in waste management of Inaruwa Hospital

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवाको फोहर मैला व्यवश्थापन गर्नका लागि संयुक्त राष्ट्र संद्यिय विकास कार्यक्रम युएनडिपीले सहयोग गर्ने भएको छ।

जिल्ला अस्पताल सुनसरी इनरुवा र संयुक्त राष्ट्र संद्यिय विकास कार्यक्रम युएनडिपी बिच मंगलवार इनरुवा नगरपालिकाको रोहवरमा दुईपक्षिय सम्झौतामा हस्ताक्षर भएको हो ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, संयुक्त राष्ट्र संद्यिय विकास कार्यक्रम युएनडिपीका परियोजना प्रमुख राजेश वर्मा र जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर देवराज घिमिरेसहित सरोकारवालाहरु बिच भएको बैठकमा आधुनिक उपकरणको प्रयोगबाट फोहरमैला व्यवश्थापन गर्ने सहमती भएको थियो ।

छलफलका क्रममा मेयर भण्डारीले युएनडिपीले अस्पतालको फोहर मैला व्यवश्थापनमा सहयोगले अस्पतालबाट उत्पादन हुने फोहरमध्ये २० प्रतिशत फोहर नगरपालिकाको डम्पीङ साइडमा विर्सजन गरिने बताए ।

अस्पताल भित्रको स्वास्थ्यमा असर पुग्ने ८० प्रतिशत औषधीजन्य फोहर अस्पताल भित्रै नष्ट गर्ने योजनासहितको कार्यक्रम रहेकाले नगरपालिकाले दुवै निकायसँग समन्वय गरि फोहर व्यवश्थापन कार्यमा सहयोग गर्ने बताए ।

मेडिकल सुपरिटेन्डेन्ट डाक्टर देवराज घिमिरेले युएनडिपीले फोहर व्यवश्थापनका लागि आधुनिक प्रविधीको फोहर नष्ट गर्ने औजार उपकरण अस्पतालमा जडान गरि दक्ष जनशत्ती तयार गरेर व्यवश्थापन गर्ने सम्झौता भएको बताए ।

मेसु घिमिरेले भने कोशी प्रदेशको घनकुटा नगरपालिका र जिल्ला अस्पतालमा इनरुवामा लागु हुने फोहर व्यवश्थापन परियोजनाबाट दिर्धकालिन रुपमा फोहर व्यवश्थापनको समस्या समाधान हुने भएकाले इनरुवामा अस्पतालको दुषित फोहरबाट आम्दानी हुने भएकाले फोहरबाट मोहर कमाउने योजना मह््रत्वपुर्ण हुने छ।

युएनडिपीले विभिन्न तालिम, अभिमुखिकरण गोष्ठी, आवश्यक सामग्र्रीका साथै सम्पुर्ण रकम खर्च गर्ने गरि अस्पतालसँग सम्झौता गरेको हो ।

अस्पतालको फोहर व्यवश्थापन हुनुका साथै उक्त फोहरबाट पुनः प्रयोग गर्न मिल्ने सामग्री उत्पादनको कच्चा पदार्थ उत्पादन हुनुका साथै आधुनिक प्रविधि जडानपछि स्वास्थ्यमा समेत असर नपुग्ने भएकाले वातावरण संरक्षणका लागि मह्त्वपुर्ण छ ।

अघिल्लो लेखमाइनरुवाका प्राइभेट स्कुलको अधिकतम शुल्क निर्धारण, विद्यार्थी गणना गरेर छात्रबृत्ति दिने
अर्को लेखमाइनरुवा नगरपालिका निजी विद्यालयको बेथितिमा कठोर बन्दै

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्