इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा स्वास्थ्य विमा नभएका आर्थिक रुपमा उपचार गराउन नसक्ने बिरामीको निःशुल्क उपचार हुने भएको छ ।

जिल्ला अस्पताल सुनसरीमा यसैवर्षदेखि सामाजिक सुरक्षा ईकाइ कार्यक्रम अन्र्तगत आर्थिक अवश्था कमजोर भएका बिरामीको सम्पूर्ण उपचार निःशुल्क हुने भएको हो ।

जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिडेन्टेन्ट डा. देवराज घिमिरेका अनुसार अस्पतालमा सामाजिक सुरक्षा इकाई र ओसिएससी सेवाअन्र्तगतका क्षेत्रमा सवै उपचार सेवा निःशुल्क रुपमा गरिने व्यवश्था भएको हो ।

डा. घिमिरेले वडा कार्यालयबाट विपन्न, गरीब, एकल महिला, मानसिक विरामीको उपचार गर्न आर्थिक अवश्था कमजोर भएको सिफारिस भएर आएको अवश्थामा सवै उपचार निःशुल्क गरिने बताए ।

डा. घिमिरेले ओसिएमसी र सामाजिक सुरक्षा इकाईका लागि यसवर्ष ४० लाख रुपैयाँ बजेट आएकाले त्यस बजेटबाट वडाबाट सिफारिस भएर आएका विपन्न गरीव विरामीको उपचार निःशुल्क गर्न सकिने बताए ।

यससँगै इनरुवा अस्पतालमा रहेको प्रयोगशाला, औजार उपकरणबाट गरिने स्वास्थ्य परिक्षण अनुसन्धानसमेत यस्ता बिरामीको हकमा निःशुल्क गरिने अस्पतालले जनाएको छ ।

स्वास्थ्य विमा सेवा भएका विरामी बाहेक गरीब विपन्न वर्गको उपचारका लागि अस्पताल भित्रै छुट्टै दुईजना कर्मचारीको व्यवश्था गरेर सेवा दिने तयारी गरिएको छ।

त्यस्तै इनरुवा अस्पतालले जनरल सर्जन सेवा सुचारु गर्नका लागि सवै तयारी पुरा गरेकाले आउदाे बुधवारबाट जनरल सर्जरी अन्तरगत अप्रेसन सेवा सुरु गर्ने भएकाे छ । यससगै छालाराेग विशेषज्ञबाटसमेत सेवा सुचारु गर्न लागेकाे छ ।

हड्डी विशेषज्ञबाट यहीबाट शल्यक्रिया गर्ने र आवश्यकहरुको लागि सुविधा सम्पन्न फिजियोथेरापी सेवा समेत उपलब्ध गराउने गरी तयारी तिब्र रुपमा अगाडि बढाईएको उनले जानकारी दिए ।

अघिल्लो लेखमासुनसरीमा काग्रेस–एमालेसगै जसपाका चर्चित नेता बिच यसरी हुदैछ चुनावी भिडन्त
अर्को लेखमासम्झौता नै नगरी अबैद्य रुपमा हाटबट्टी कर असुली गर्न दिएको खुलासा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्