रोटरीद्धारा अस्पताललाई चार थान कार्डियो मनिटर प्रदान

0
51
Four Cardio Monitors provided to hospital through Rotary
inaruwa hospital d

इनरुवा । जिल्ला अ्रस्पताल सुनसरी इनरुवामा उपचारका लागि आउने बिरामीको सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि रोटरी क्लबले कार्डियो मनिटर प्रदान गरेको छ ।

रोटरी क्लब बिराटनगरका अध्यक्ष रहेका इनरुवा निवासी कविन श्रेष्ठले जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिडन्टेन्ड डाक्टर देवराज घिमिरेलाई एक कार्यक्रमका बिच चार थान कार्डियो मनिटर प्रदान गरेका हुन ।

अस्पतालमा आयोजित कार्यक्रममा रोटरी क्लब विराटनगरका अध्यक्ष कविन श्रेष्ठले सुनसरी सदरमुकाममा रहेका सरकारी अस्पताल सरकारबाट उपेक्षित रहदै आएकाले गरिब, विपन्न समुदायका बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा लिनका लागि कार्डियो मनिटर हस्तान्तरण गरिएको बताए ।

अध्यक्ष श्रेष्ठ आफु व्यापारलगायतको कामको सिलसिलमा बिराटनगर बसोबास रहेतापनि इनरुवासँग वस्ती बसाउनका लागि आफनो परिवारका तर्फ नेतृत्व गरेका कारण पुख्र्यौली समबन्ध, जन्मभुमी, सामाजिक समबन्ध र भावनाको समबन्ध जोडिएकाले अ्रस्पतालका साथै इनरुवावासीका लागि आपत विपतमा सदैव सहयोग गर्न तत्पर रहदै आएको बताए ।

श्रेष्ठले आगामी दिनमा अस्पतालमा आवश्यक पर्ने अन्य औजार उपकरणका साथै बिरामीको उपचारमासमेत रोटरी क्लबका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे।

इनरुवालगायत ग्रामिण क्षेत्रबाट स्वास्थ्य सेवा लिन जिल्ला अस्पतालमा आउने बिरामीको दैनिक बढदो चापका कारण हाल अ्रस्पतालमा रहेका उपकरणले मात्रै सेवा प्रदान गर्न असहज भएको अवश्थामा कार्डियो मनिटर थप भएपछि उपचारमा सहजता आउने भएको बताए ।

कार्यक्रममा रोटरी क्लब बिराटनगरका पुर्वअध्यक्ष सुरेन्द्र गोल्छा, सल्लाहकार बेनीगोपाल मुन्दडालगायतको रोटरीका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमास्थानिय प्रशासनले स्वीकृती नदिएपछि पुर्वराजा सहभागी हुने कार्यक्रम अन्यौलमा
अर्को लेखमाXiaomi Redmi 7 onclite

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्