इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढेकाले भिडभाड हुने कुनै गतिविधि नगर्न सूचना जारी गरेको छ ।

सुनसरी जिल्लामा लकडाउनका समयमा स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसनलाई तयारी अवश्थामा राख्न स्थानीय तहलाई सुनसरी प्रशासनले आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जारी गरेको सूचनामा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य सचेतता अपनाउन सर्वसाधारणमा अपिल गरेको हो ।

सूचनामा नेपाल–भारत खुला सीमाबाट भइरहेका आवत–जावतले जोखिम बढन सक्नेतर्फ सचेत गराउँदै अनावश्यक आवत–जावत नगर्न र स्वास्थ्य सचेतता अपनाउन अनुरोध गरेको छ ।

सुनसरी प्रशासनले जारी गरेको सूचनामा हिन्दूहरूको पर्व होली निकट आएकाले होली मनाउने क्रममा भिडभाड नगर्न÷नगराउन पनि आग्रह गरिएको छ ।

यसैगरी भिडभाड हुने कुनै गतिविधि नगर्न, रात्रिकालीन व्यवसायहरूमा हुने जमघट कम गर्न र अबेर रातिसम्म व्यवसाय सञ्चालन नगर्न सूचनामा उल्लेख गरिएको छ ।

पहिले कोरोना संक्रमणका बेला स्थापना गरिएका क्वारेन्टिन, आइसोलेसन सेन्टरहरूलाई पुनःदुरुस्त राख्न पनि पत्रमा भनिएको छ । कुनै पनि बेला संक्रमणको संकट निम्तिन सक्ने भएकाले जिल्लाभित्रका स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन, सञ्चारमाध्यममा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सामग्री प्रशारण गर्न तथा सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

यसैगरी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्नुको विकल्प नभएकाले नेपाल–भारत सीमा क्षेत्रबाट मानिसहरु आउजाउ गर्दास्वास्थ्य जाँचलगायतका सुरक्षा मापदण्ड पालना गर्नुपर्ने बताए ।

प्रजिअ ढकालले भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नको लागि तयारी थालिएकाले अहिलेको अवश्थामा कसैलाई पनि तत्काल क्वारेन्टाइनमा नराखिएको बताए ।

अघिल्लो लेखमाइनरुवाका ६७ विद्यार्थीलाई छात्रबृत्ति दिन नगरपालिकासँग सम्झौता
अर्को लेखमासुनसरीको कोशी र श्रीलंका टप्पु दुई सय बिगाहामा फिल्म सुटिङ स्थल बनाउने

13 टिप्पणीहरू

  1. There are actually plenty of details like that to take into consideration. That may be a nice point to carry up. I offer the thoughts above as normal inspiration but clearly there are questions just like the one you deliver up the place an important factor shall be working in trustworthy good faith. I don?t know if best practices have emerged round things like that, but I’m sure that your job is clearly recognized as a good game. Both boys and girls feel the impression of only a second’s pleasure, for the remainder of their lives.

  2. Fantastic site you have here but I was wanting to know if you knew of any user discussion forums that cover the same topics discussed here? I’d really like to be a part of group where I can get responses from other experienced people that share the same interest. If you have any suggestions, please let me know. Appreciate it!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्