इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवाको एक निजी विद्यालयको स्कुल बसका चालकलाई मादक पदार्थ सेवन गरि बस चलाउदै गरेको अवश्थामा फेला पारी पक्राउ गरेको छ ।
प्रहरीका अनुसार इनरुवा नगरपालिका २ नम्बर वडा स्थित बिहिवारे हाट नजिक रहेको पारिजात पब्लीक स्कुलका बस चालक किशुन ऋषिदेवले मादक पदार्थ सेवन गरि स्कुल बस चलाएको पाइएपछि पक्राउ गरिएको हो ।
पारिजात पब्लीक स्कुलको विद्यार्थी ओसारपसार गर्नका लागि प्रयोग गरिएको को १ क २२७८ नम्बर बसका चालक ऋषिदेवलाई नियन्त्रण लिएर कानुनी कारवाही प्रकृया अगाडी बढाएको छ ।
प्रहरीले सुचनाका आधारमा सवारी चालक किशुन ऋषिदेवलाई बसमा विद्यार्थी राखेर सवारी चलाउदै गर्दा नियन्त्रणमा लिएर मापसे चेकजाँच गर्दा उनले मदिरा सेवन गरेको फेला पारेको थियो ।
प्रहरीले अभिभावकहरुलाई आफना बालबालिका अध्यय्न गर्ने विद्यालयको सवारी साधन स्कुल बसका चालकको चालचलनका ’boutमा जानकारी लिन र उक्त सवारी चालकको चालक अनुमती पत्र लिए नलिएकोसमेत जानकारी लिन अनुरोध गरेको छ ।
अभिभावकले पुर्व सावधानी अपनाउदै आफना छोराछोरी पढने विद्यालयको ’boutमा चासो लिदा समबन्धीत पक्ष सचेत हुने भएकाले भविष्यमा कुनै अप्रिय घटना हुनबाट जोगिने भएकाले खबरदारी गर्न अभिभावकलाई प्रहरी अनुरोध गरेको छ ।
स्कुल बसले विद्यालय आउने १ सय देखी १ सय ५० जनासम्म बालबालिकालाई एकपटक कोचाकोच गरि बस भित्र खादेर ओसारपसार गर्दा ग्राभेल सडक कच्ची सडक र खाल्डा खुल्डीमा बसमा सवार बालबालिकाहरु घाइते हुने गरेको गुनासो अभिभावकहरुले गर्दै आएका छन ।
इनरुवा तथा आसपासका अधिकाश निजी विद्यालयले पुराना सवारी साधन खरिद गरि विद्यालयमा आउने बालबालिकालाई ओसारपसार गर्ने र न्युन ज्याला दिएर सिकारु सवारी चालकलाई बस चलाउन लगाउने गरेको अभिभावकहरुको गुनासो रहेको छ ।