इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा ३ नम्बर वडामा घरमा पालेको खसी चोरी गरि लैजादै गरेका एक चोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार दिउसोको समयमा इनरुवा ३ की लता निरौलाको घरमा बाधेर राखेका दुईवटा खसि फुकाएर लैजाने क्रममा इनरुवा १ घर भएका युवा पक्राउ परेका हुन ।

प्रहरीका अनुसार निरौलाको घरमा बाधि राखेको खसि चोरेर लैजाने इनरुवा १ का २५ वर्षका युवा सुरज शर्मा रहेका छन ।

खसि चोरीको आरोपमा पक्राउ परेका शर्मालाई स्थानियहरुले खसि लिएर जादै गरेको अवश्थामा होहल्ला गरि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खसि चोरीको अभियोगमा शर्मालाई पक्राउ गरि कानुनी कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ ।

अघिल्लो लेखमाइनरुवामा रक्सी सेवन गरि स्कुल बस चलाउने चालक पक्राउ
अर्को लेखमाइनरुवामा निजी विद्यालय छाडेर सरकारी विद्यालय भर्ना हुनेहरु बढे

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्