इनरुवा । जिल्ला प्रहरी कार्यालय इनरुवामा म्यादी भर्ना खुलेको पहिलो दिन म्यादी प्रहरीमा जागिर खाने आवेदकहरुको भिड लागेको छ ।

सुनसरीका विभिन्न स्थानिय तहबाट म्यादी प्रहरीमा भर्ना हुनका लागि बिहिवार बिहानदेखी इनरुवा आएका सयौ युवायुवतीहरुले तोकिएको मापदण्ड अनुसार दरखास्त बुझाउनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा लाइन लागेका थिए।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन लागेपछि सरकारले सुरक्षा व्यवस्थापनमा आवश्यक जनशत्ती भर्ना गर्न म्यादी प्रहरीमा जागिर खोलेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको एकैचरणमा हुन लागेको निर्वाचनका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले सो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

सरकारले स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो ।

प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गरेको थियो। सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ ।

नेपाली नागरिकले म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ ।

भर्नाका लागि नेपाली नागरिक हुनुपर्र्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाति ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

प्रहरीका अनुसार आगामी असोज ९ गतेदेखि छनोट प्रारम्भ हुनेछ । यसअघि म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेका, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, सुरक्षाकर्मीमा भर्नाका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएकालाई प्राथमिकतामा दिइने प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमासुनसरीको सीमा क्षेत्रमा सशस्त्रको भारतिय सुरक्षाकर्मीसँग संयुक्त गस्ती
अर्को लेखमाइनरुवाका सरकारी विद्यालयलाई डिजिटलाइजेसन बनाइदै

2 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्