इनरुवा । जिल्ला समन्वय समिति सुनसरीको पदाधिकारी तथा सदस्यहरुको निर्वाचन आउँदो जेठ ३० गते हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार जिल्लाका सवै पालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न भएकाले स्थानीय निर्वाचन ऐनअनुसार निर्वाचन मिति तोकिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता जेठ २६ गते, दावी विरोध २७ गते, मनोनयन फिर्ता जेठ २८ गते र मतदान जेठ ३० गते हुने छ ।

जिल्ला समन्वय समितिका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार बन्न पाउने कानुनी व्यवश्था रहेको छ ।

सुनसरीमा १२ पालिकाका २४ जना मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा नेपाली कांग्रेसले आवश्यक बहुमत सिटमा जित हासिल गरेकाले कांग्रेसका तर्फबाट जिसस प्रमुख उपप्रमुखसहित सदस्यहरु निर्वाचित हुने लगभग निश्चित रहेको छ ।

सुनसरी जिल्लाका दुई उपमहानगरपालिका मध्ये धरानमा स्वतन्त्रले मेयर, नेकपा माओवादी केन्द्रले उपमेयर, इटहरीमा नेपाली कांग्रेसले मेयर, नेकपा एमालेले उपमेयर जितेका छन ।

चार नगरपालिका मध्ये रामधुनीमा नेकपा एमालेले मेयर, उपमेयर, बराहक्षेत्रमा नेपाली कांग्रेसले मेयर, नेकपा एमालेले उपमेयर, इनरुवामा नेपाली कांग्रेसले मेयर र उपमेयर, दुहवीमा नेपाली कांग्रेसले मेयर र उपमेयर जितेका छन ।

छवटा गाउँपालिका मध्ये नेपाली कांग्रेसले कोशी, भोक्राहा–नरसिंह, हरिनगरमा अध्यक्ष, उपाध्यक्षमा जित हासिल गरेको छ । यसैगरि देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पदमा जित हासिल गरेको छ । गढी र बर्जु गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसको बहुमत भएपनि केन्द्रीय निर्णयअनुसार सुनसरीको जिसस निर्वाचनमा सत्तारुढ गठबन्धनहरुले गठबन्धनलाई कायम राखेर उम्मेदवारी दिने निर्णय गरेका छन ।

जिससमा प्रमुख र उपप्रमुखसहित सात जना पदाधिकारी र सदस्यहरु रहन्छन । जसमध्ये प्रमुख उपप्रमुखसहित दुई सदस्य नेपाली कांग्रेसले र बाँकी तीन सदस्यमा नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई एक–एक सदस्य दिएर साझा रुपमा चुनावमा जाने सहमति गठबन्धनबीच भएको छ ।

अघिल्लो लेखमाइनरुवा नपाको पहिलो कार्यपालिका बैठकद्धारा जनप्रतिनिधिलाई जिम्मेवारी बाँडफाँड
अर्को लेखमासुनसरीमा पाहुना आएका भारतियसँग पेस्तोल र ३ राउण्ड गोली फेला

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्