इनरुवा । दशै जस्तै ठूलो पर्वको रुपमा मानिने उराँव समुदायको करम पूजाको सुरुवातको रुपमा शनिवार भाद्र पुर्णिमाका दिन इनरुवामा साइत अनुसार विधिवत रुपमा जमरा राखिएको छ ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको आयोजनामा शनिवार इनरुवा २ स्थित प्रतिष्ठानको केन्द्रीय कार्यालय परिषरमा उराँव जातिले मनाउने मुख्य चाड करम पूजाका लागि चौका लगाई विधिवत साइत जुराउँदै जमरा राखिएको हो ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार उराँव जातिले भाद्र पूर्णिमाको दिन मनाउने मुख्य चाड करम पूजाका बाजागाजासहित नदीबाट जमरा राख्न वालुवा ल्याएर चौका लगाई जमरा राखिएको हो ।

अध्यक्ष उराँवले भने, ‘जमरा राखेपछि भाद्र पूर्णिमाको दिन तीन–तीन जना कुमार र कन्या केटा–केटीलाई उपवास बसेर साँझ वेलुकी पख पुरुषहरु बाजा–गाजासहित करम रुखको हाँगा काटेपछि महिलाहरुले पनि बाजा–गाजासहित कक्रो (गंगटो) फूल टिपेर करम रुखको तीन वटा हाँगा काटी ती कुमार केटाहरुले ल्याउने त्यो कक्रो पूmल केटीहरुले लगाउने प्रचलन रहेको छ ।

करम पूजाका दिन इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खाने अखड़ामा जम्मा हुने, करम अगाडि दीयो, अगरवत्ती बाल्नुका साथै महिलाले कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्ने गरिन्छ ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान बासु उराँवले विशेषगरि उराँव जातिले खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्नुका साथै वन–जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले करम रुखको पूजा गर्ने प्रचलन रहेको बताए ।

शनिवार जमरा राख्ने कार्यक्रममा नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, कोषाध्यक्ष सम्पतलाल उराँव, सहसचिव देवप्रकाश उराँव, दुर्गानारायण उराँव, परमेश्वर उराँव, रिमा उराँव, जयकुमार उराँव, नुनुलाल उराँव, बासुदेव उराँव, उराँव अगुवा जयराम उराँव, भूमि उराँव, प्रेमलाल उराँव, लक्ष्मी उराँव, विनोद उराँव, विजय उराँवलगागतका अगुवाहरुको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमागफार अन्सारीले किन अस्विकार गरेर कांग्रेस जिल्ला सदस्य ?
अर्को लेखमासुनसरीमा काग्रेस–एमालेसगै जसपाका चर्चित नेता बिच यसरी हुदैछ चुनावी भिडन्त

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्