सुनसरीमा इलाका प्रशासनका जिर्ण भवनलाई टालटुल र रंग्याएर उद्घाटन

0
97
Inauguration of the dilapidated building of local administration in Sunsari by demolition and painting
sunsari admin

दुई करोड बढी लागतमा निर्माण भएको जिर्ण भवन आधा दर्जन सास‌दकाे उपस्थितिमा हस्तान्तरण

इनरुवा । दुई करोड रुपैयाभन्दा बढीको लागतमा निर्माण गरेर स्तान्तरण गरिएको इलाका प्रशासन कार्यालय हरिनगर सुनसरीको भवन जिर्ण अवस्थामा हस्तान्तरण भएको पाइएको छ ।

बाहिर रंगरोगन गरेर टिलिक्क पारिएको भवनको भित्री भाग भने पूर्ण रुपमा जिर्ण रहेको छ । जिर्ण भवन कतैकतै टालटुल पारिएको अवस्थामा भवन उद्घाटन गरिएको छ ।

हस्तान्तरण लगत्तै जिर्ण बनेको कार्यालय भवन टालटुल गरी उद्घाटन गरिएको हो । इलाका प्रशासन कार्यालयको भवन हस्तान्तरण भएको तीन महिना मात्रै भएको छ ।

औपचारिक कार्यक्रमका बिच भवनको उद्घाटन भने शुक्रवार गरिएको छ । उद्घाटन गरिएको इलाका प्रशासन कार्यालयको नयाँ भवनको छत पटक–पटक टालिएको देखिन्छ । भवनको छत तथा भित्री कोठाको भुई उक्किएको, प्लाष्टर फुटेको र चर्केको अवस्थामा रहेको छ ।

२ करोड १३ लाख ५३ हजारको लागतमा निर्मित भवन जेठको २ गते हस्तान्तरण भएको थियो । स्थानीय रामप्रसाद मेहताले निःशुल्क उपलब्ध गराएको ३ कट्ठा जग्गामा इलाका प्रशासन कार्यालय हरिनगरको अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।

निर्माण व्यवसायी शाह पंडित जे.भी.इनरुवा रहेको उक्त भवन शहरी बिकास मन्त्रालयका इन्जिनियरको रेखदेखमा निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको हो । जसको प्रदेश सांसद सहितको उपस्थितिमा बिहीबार समुद्घान गरिएको हो ।

दक्षिणी भेगका जनता माँझ सहज सेवा पु¥याउने उद्देश्य साथ हरिनगरमा यस अघिबाटै साँघुरो कोठामार्फत इलाका प्रशासनको सेवा भने संचालनमा थियो ।

नयाँ भवन निर्माण गरी कार्यालयको सेवा प्रवाह थाल्ने क्रममा भवन टालटुले र चर्केको पाइएपछि समग्र भवन निर्माण कार्यको गुणस्तर माथिनै प्रश्न उब्जेको छ । जसप्रति छानविन हुनु पर्ने स्थानीयको माग छ ।

यता निर्माण व्यवसायी शाह पंडित जे.भी.इनरुवाले भने भवनको छत उक्किएको र चर्केको भन्ने विषयलाई सामान्य कमिकमजोरी भनेको छ । उसले धेरै पानी जमाउँदा छत उक्किएको प्रतिकृया जनाएको छ । अन्य स्थानमा समस्या नरहेको दाबी गरेको शाह पंडित जेभीले समस्या रहेको ठाउँ मर्मत हुने जनाएको छ ।

यता कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले छत उक्किएको र चर्केको भन्ने विषय जानकारीमा आएको बताइन । हस्तान्तरणको केहि समयमै भवनमा समस्या देखिनुले निर्माण गुणस्तरमा आशंका उब्जाएको उनले बताइन् ।

पाण्डेले सो ’bout सत्यतथ्य बुझी गुणस्तरीयता जाँच गरिने बताइन । उनले निर्माण व्यवसायी र इन्जिनियरलाई झिकाएर सो ’bout जानकारी लिने समेत बताइन । पाण्डेले गुणस्तरमा सम्झौता नहुने भन्दै गलत काम भएको प्रमाणित भए कानुन बमोजिमको कार्वाहीको प्रकृया चालिने बताइन ।

इलाका प्रशासन कार्यालय हरिनगरको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु इस्राइल मन्सुरी, रामप्रसाद मेहता, सदानन्द मण्डलका साथै जिसस सुनसरीका प्रमुख राजन मेहता र हरिनगर गाउँपालिका प्रमुख गफार अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

अघिल्लो लेखमाइनरुवाको फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणमा लाखौ अनियमितता भएको फेला
अर्को लेखमाइनरुवामा सनातन पक्षधरको जिल्ला भेलामा हिन्दुराज्यको माग

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्