इनरुवा । दुई युवाबीच भएको झगडामा प्रहरीले नियन्त्रणमा लिएको एक मोटरसाईकल पाटपुर्जा खोलेको अवस्थामा इनरुवा एक ग्यारेजबाट बरामद भएको छ ।

इनरुवा ९ बबियाका दुई युवाहरु रामदेव मेहता र दौलतराज मेहताबीच झडप भएको विषयलाई लिएर प्रहरीले दुई युवासँगै उनीहरुले प्रयोग गरिरहेको ज ५ प ३३४६ नम्बरको पल्सर मोटरसाईकलसमेत नियन्त्रण लिएको थियो ।

तीन महिना अघि भएको सो घटना दुईपक्षको सहमतिमा युवाहरुलाई छाडिएपनि लिखित मिलापत्र कागज बाँकी रहेकोले मोटरसाईकल भने प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरी हातामै राखेको थियो ।

झगडामा संलग्न मोटरसाईकल धनी रामदेव मेहताले प्रयोग गरिरहेको सो मोटरसाईकल इनरुवामा रहेको नेपाल रिकण्डिसन सेन्टरको नाममा रहेको थियो । मेहता र सेन्टरले मोटरसाईकल दिन प्रहरीलाई पटक पटक आग्रह गरपनि लिखित मिलापत्र नभएको भन्दै प्रहरीले आफ्नो नियन्त्रणमा राख्दै आएको थियो ।

यसैक्रममा बुधवार पुनः जिल्ला प्रहरी कार्यालय आएका नेपाल रिकण्डिसन सेन्टर प्रोपाईटर बसिर अन्सारीले प्रहरी परिषरमा मोटरसाईकल नदेखेपछि त्यसको खोजी गर्दै जाँदा इनरुवा ४ को करण मोटरसाईकल वक्र्ससपमा पार्टपुर्ज निकालिएको कवाडी अवस्थामा फेला परेको थियो ।

प्रहरीको नियन्त्रणमा रहेको मोटरसाईकल प्रयोगकर्ता र धनी दुबैको जानकारी विना कसरी ग्यारेज पुग्यो र पार्टपुर्जा के आधार निकालियो ? अन्सारीले प्रश्न गरे ।
ग्यारेजका एक कर्मचारीले सो मोटरसाईकल प्रहरी कर्मचारीले ग्यारेजमा पु¥याएर यसको कुन कुन पाटपुर्ज काम लाग्छ खोलेर राख्न भनि दिएकोले आफुहरुले खोलेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्रकुमार कार्कीले प्रहरी नियन्त्रणमा रहेको मोटरसाईकल ग्यारेजमा भेटिएको विषयमा आफूले अनुसन्धान गरिरहेको बताउँदै छानविन गरी दोषीमाथि कारवाही गर्ने जानकारी दिए ।

अघिल्लो लेखमासुनसरीको सिमाक्षेत्रमा ६ सय सशस्त्र प्रहरी परिचालित
अर्को लेखमासुनसरी जिल्लामा एक साताको लागि निषेधाज्ञा जारी (सूचनासहित)

4 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्