इनरुवा । देशभर पुस्तक समयमा पुगेर पढाई सुरु भएको बेला सुनसरीको इनरुवाका सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र सुरु भएको १० दिन वित्दासमेत पठनपाठन सुरु हुन सकेको छैन ।
नतिजा समयमा प्रकाशन नगर्दा सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र सुरु भएको १० दिन वित्दासमेत पठनपाठन सुरु नभएको हो ।
विभिन्न बाहाना विद्यालयहरु बन्द गर्ने र स्थानीय विदा भन्दै बन्द गर्ने प्रवृति रहेको सामुदायिक विद्यालयहरुमा चैतको पहिलो हप्तामै परीक्षा सम्पन्न भएकोमा हालसम्म नतीजामै अल्झेकाले शैक्षिक सत्र सुरु भएको १० दिन ढिलो हुँदा समेत पठनपाठन सुरु भएको छैन् ।
चैतको पहिलो हप्ता सुरु भएको परीक्षा एसईई अघि नै सबैतिर परीक्षा सम्पन्न भएको तीन हप्ता वित्दासमेत सामुदायिक विद्यालयहरुमा नतिजाकै पखाईमा विधार्थी रहेका छन् ।
शैक्षिक सत्र बैशाख १ गतेबाट सुरु भएकोमा १ र २ गते सार्वजनिक विदा रहेको र ९ गते शनिबार रहेको बाहेकसमेत सात दिन विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।
आधारभुत तहको कक्षा ३ सम्म निरन्तर मूल्याकंन गर्ने भएकाले उनीहरुको बैसाख १ गतेबाटै कक्षा चलाउँदा हुने अवस्था, अन्य कक्षाको परीक्षाको एक हप्ताभित्र नतिजा दिनुपर्नेमा नदिएको अवस्था, शिक्षकहरु घरकाममा व्यस्त भएको वा सामुदायिक विद्यालयका विद्यार्थीहरुप्रति अन्याय गरेको अवस्थाले शैक्षिक सत्र सुरुमै समस्या देखिएको हो ।
इनरुवा शिक्षा शाखाका प्रमुख डिल्ली निरौलाले कक्षा ८ को हकमा सबै विद्यालयहरुले समयमा मार्क नदिदा ढिलो भएको तर आइतबार नतिजा प्रकाशन भएको प्रतिकृया दिए । अन्य कक्षाको हकका सञ्चालन हुनुपर्नेमा नभएको भए बुझ्ने बताए ।
संस्थागत विद्यालयमा विना तालिमका शिक्षकहरुले परीक्षाको एक हप्ताभित्रै नतिजा प्रकाशन गरेर बैशाख ३ गतेबाट कक्षा सञ्चालन गरेको अवस्थामा सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र सुरु भएको १० दिन वित्दासमेत पठनपाठन सुरु नभएकोमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाको ध्यानाकर्षण भएको महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादवले बताए ।
यादवले बिधि र नीतिले तोकेको काम नगर्नु समेत भ्रष्टाचार भएकाले उनीहरु माथि अनुगमन गरेर नगरपालिकाले कार्वाही गर्नुपर्ने बताए । यादवले हालै गठन भएको महासंघले इनरुवा नगरक्षेत्रको शैक्षिक सुधारमा काम गर्ने र नगरपालिकालाई त्यसमा निरनतर रुपमा दवाव दिने बताए ।