डेंगी नियन्त्रणका लागि इनरुवा ५ नम्बरमा सचेतना ¥याली

1
35
Awareness ¥yali on Inaruwa number 5 for dengue control
dengu news

इनरुवा । नगरक्षेत्रमा डेंगी लामखुट्टेको टोकाईबाट उच्च ज्वरो आउने बिरामीको संख्या बढ्न थालेपछि सुनसरी सदरमुकाम इनरुवामा सचेतना अभियान सुरु गरिएको छ ।

यस अन्र्तगत शनिवार इनरुवा ५ बलाहा क्षेत्रमा सचेतना ¥यालीको आयोजना गरिएको छ ।
जिल्ला अस्पताल सुनसरीको सहकार्य र इनरुवा ५ नम्बर वडा कार्यालयको आयोजनामा भएको सचेतना ¥यालीमा सहभागीहरुले वडाका विभिन्न टोल वस्तीमा डेंगी नियन्त्रणका लागि अनिवार्य रुपमा अपनाउनु पर्ने सावधानीका ’boutमा जानकारी गराइएको थियो ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, उपमेयर बिनिताकुमारी मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वडाअध्यक्ष अनिल पोखरेल, प्रमोद पोखरेल, जिल्ला अस्पताल सुनसरीका मेसु डाक्टर देवराज घिमिरे, पूर्वनगर प्रमुख खेमराज पोखरेल, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शिक्षक विद्यार्थी, स्थानियवासीलगायतको सहभागीता रहेको सचेतना ¥यालीले वडाका विभिन्न भागको परिक्रमा गरेको थियो ।

वडाअध्यक्ष अनिल पोखरेलले गाउटोल सफा सुग्धर राख्नुका साथै डेंगी मच्छड बस्ने बासस्थानको खोजेर नष्ट गर्नका लागि स्थानियहरुलाई सचेत गराउदै प्रत्येक घर परिवारका मानिसलाई सावधानीका उपायहरु अपनाउन आग्रह गरिएको बताए।

जिल्ला अस्पताल सुनसरीका मेसु डा देवराज घिमिरेले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियानबाट मात्रै सक्रमणबाट बच्न सकिने भएकाले समुदायलाई सचेत जागरुक बनाउँदै घर’round सफा राख्नका लागि जागरण ल्याउने काम गरिएको बताए ।

अघिल्लो लेखमाइनरुवामा संगठन विस्तार अभियान चलाउदै जसपा
अर्को लेखमाभूमि आयोग सुनसरीका सदस्यहरु नै जग्गा कारोवारी भु–माफिया रहेको फेला

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्