इनरुवा । निजामती सेवा दिवस सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम गरि मनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा दक्ष निजामती प्रशासनबाट सेवाग्राहीहरुलाई सर्वशुलभ सेवा प्रवाह गर्न निजामती सेवा दिवशका अवसरमा आग्रह गरिएको थियो ।

कार्यक्रममा प्रजिअ इन्द्रदेव यादवले निजामती प्रशासन चुनौतीपूर्ण रहेपनि सेवाप्रवाहमा अब्बल रहेकाले निजामती सेवामा रहेका सवै राष्ट्रसेवक कर्मचारीले छिटो छरितो विश्वसनीय सेवा प्रवाह गरि व्यवसायीक दक्षता मर्यादित कर्मचारीको पहिचान बनाउन आग्रह गरेका थिए ।

निजामती सेवा दिवश जिल्ला समारोह समिति सुनसरीको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ¥याली निकालेर कर्मचारीहरुले नगरका विभिन्न भागमा व्यानरसहित प्रभातफेरी गरि वृक्षारोपण गरेका हुन ।

‘व्यवसायिक र सृजनशिल प्रशासन विकास समृद्धी र सुशासन’ भन्ने नाराका साथ मनाइएको दिवशमा कर्मचारीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड बोकेर इनरुवा बजार परिक्रमा गरि जिल्ला सरकारी वकील कार्यालय इनरुवामा भेला भएर वृक्षारोपण गरेका हुन ।

कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरिक्षक बिक्रम होमागाई, विभिन्न कार्यालयका निजामती कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमाकोशी टप्पुको मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको अध्यक्षमा संरक्षणकर्मी सिंह
अर्को लेखमाइनरुवामा नेवा समाजकाे सामुदायिक भवन निर्माण हुने

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्