जिल्लामा सवै भन्दा बढी मतदाता २ नम्बर निर्वाचन क्षेत्रमा

इनरुवा । निर्वाचन आयोगले आउदो २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीका मतदाता, मतदान स्थल र मतदान केन्द्रको सख्याँ सार्वजनिक गरेको छ ।

निर्वाचन आयोग नेपालले आज र भोली समानुपातिक उम्मेदवारको बन्द सुची बुझाउने अधिल्लो दिन असोज १ गते सुनसरीमा ५ लाख ४४ हजार ९ सय ४१ जना मतदाता सख्याँ रहेको विवरण सार्वजनिक गरेको हो ।

मंसिर ४ गते हुने निर्वाचनमा सुनसरीमा २ लाख ७४ हजार ७ सय ५ जना पुरुष मतादाता, २ लाख ७० हजार २ सय ३४ महिला मतदाता र तेस्रो लिड्डी २ जना मतादातासहित ५ लाख ४४ हजार ९ सय ४१ जना विवरण सार्वजनिक गरेको हो ।

यसैगरि सुनसरीमा मतदान गर्नका लागि ४ वटै निर्वाचन क्षेत्रमा १६६ मतदान स्थल र ५ सय ९१ मतदान केन्द्र रहेका छन ।

निर्वाचन आयोगका अनुसार सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा ६७ हजार ७ सय २८ जना पुरुष । ७४ हजार १ सय ४९ जना महिलासहित १ लाख ४१ हजार ८ सय ७८ जना मतादाता रहेका छन भने ४० मतदान स्थल र १५२ मतदान केन्द्र रहेको छ ।

सुनसरी २ नम्बर निर्वाचन क्षेत्रमा ७४ हजार १५ जना पुरुष र ७५ हजार ५ सय ५० जना महिला मतादातासहित १ लाख ४९ हजार ५ सय ६६ मतदाता रहेका छन भने ४० मतदान स्थल र १५९ मतदान केन्द्र रहेको छ ।

सुनसरी ३ नम्बर निर्वाचन क्षेत्रमा ६४ हजार ४ सय ६० जना पुरुष र ६० हजार ९ सय ७२ जना महिला मतादातासहित १ लाख २५ हजार ४ सय ३२ जना मतदाता रहेका छन भने ४४ मतदान स्थल र १३९ मतदान केन्द्र रहेको छ ।

सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा ६८ हजार ५ सय २ जना पुरुष र ५९ हजार ५ सय ६३ जना महिला मतादातासहित १ लाख २८ हजार ६५ जना मतदाता रहेका छन भने ४२ मतदान स्थल र १४१ मतदान केन्द्र रहेको छ ।

यसैगरि सुनसरीमा प्रदेशसभा निर्वाचन क्षेत्र १ क तर्फ ७१ हजार ३ सय ४० जना मतदाता सख्याँ रहेको छ भने २१ वटा मतदान स्थल र ७८ वटा मतदान केन्द्र रहेको छ ।

सुनसरीमा प्रदेशसभा निर्वाचन क्षेत्र १ ख तर्फ ७० हजार ५ सय ३८ जना मतदाता सख्याँ रहेको छ भने १९ वटा मतदान स्थल र ७४ वटा मतदान केन्द्र रहेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ क तर्फ ८० हजार ४ सय ३७ जना मतदाता सख्याँ रहेको छ भने १६ वटा मतदान स्थल र ८५ वटा मतदान केन्द्र रहेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ ख तर्फ ६९ हजार १ सय २९ जना मतदाता सख्याँ रहेको छ भने २४ वटा मतदान स्थल र ७४ वटा मतदान केन्द्र रहेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र ३ क तर्फ ६१ हजार ८ सय १० जना मतदाता सख्याँ रहेको छ भने १९ वटा मतदान स्थल र ६८ वटा मतदान केन्द्र रहेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र ३ ख तर्फ ६३ हजार ६ सय २२ जना मतदाता सख्याँ रहेको छ भने २५ वटा मतदान स्थल र ७१ वटा मतदान केन्द्र रहेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र ४ क तर्फ ६७ हजार ६ सय ३३ जना मतदाता सख्याँ रहेको छ भने १८ वटा मतदान स्थल र ७३ वटा मतदान केन्द्र रहेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र ४ ख तर्फ ६० हजार ४ सय ३२ जना मतदाता सख्याँ रहेको छ भने २४ वटा मतदान स्थल र ६८ वटा मतदान केन्द्र रहेको छ ।

अघिल्लो लेखमाएमाले तय गर्‍याे सुनसरीमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार
अर्को लेखमातेस्रो पटक इनरुवा बस पार्कमा सार्वजनिक सवारी साधन

2 टिप्पणीहरू

  1. Amazing blog! Do you have any suggestions for aspiring writers? I’m planning to start my own site soon but I’m a little lost on everything. Would you suggest starting with a free platform like WordPress or go for a paid option? There are so many options out there that I’m completely overwhelmed .. Any suggestions? Thanks a lot!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्