इनरुवा । नेकपा एकिकृत समाजवादी सुनसरीले विविध कार्यक्रमको आयोजना गरि पहिलो स्थापना दिवश मनाएको छ ।

सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रिय कमिटीको आयोजनामा भोक्राहामा भएको कार्यक्रममा नेकपा एसका नेताहरुले नेकपा एमालेबाट विद्रोह गरेको एक वर्षमा नेपाली कम्युनिष्ट आन्दोलनको पुर्नगठन गरि सुद्धिकरण थालिएको बताए ।

पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेकपा एसका नेताहरुले भर्खर समपन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबाट राजनितिक व्यवहार नहुदाँ उम्मेदावरीमा अलमल भएकाले यस पटक मंसिरमा गल्ती दोहरिन नदिने बताए ।

कार्यक्रममा नेकपा एसका पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव तिम्सीना, केन्द्रिय परिषद सदस्य शम्भुप्रसाद आचार्य, सागर तिम्सीना, डा सिएन पाठक, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, सुनसरी काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष रमेश आचार्य लगायतले बोलेका थिए ।

यसैगरि स्थापना दिवशका अवसरमा नेकपा एकिकृत समाजवादीको जिल्ला पार्टी कार्यालय सुनसरीमा साझ मैनवत्ती प्रज्वलन गरि दिपावली गर्नुका साथै नेता कार्यकर्ताहरुले शुभकामना आदान प्रदान गरेका थिए ।

जिल्ला सचिव बसन्त सुवेदीले एमालेबाट विद्रोह गरेपछि संगठन निमार्ण र पुर्नगठनको अभियानलाई एकवर्षमा ठुलो सफलता पाएको बताए ।

कार्यालय सचिव विनोद कटुवालले कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि लोभ लालच त्याग गरि जनताका बिचमा गएको पार्टीले जनमत विस्तारै पाउने र विश्वास जित्ने भएकाले दल सानो ठुलो नभई संगठन र विचार बचाउनु गौरव भएको बताए ।

अघिल्लो लेखमासुनसरी चारमा नेकपा एसले गठबन्धन नभए एकल उम्मेवारी दिने
अर्को लेखमाइनरुवाका पूर्व जनप्रतिनिधिहरुले बैठक नबसी, भ्रमण नगई लिएको रकम फिर्ता गराउन निर्देशन

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्