यस्ता छन आचार्यका काम र सुनसरी २ बनाउने योजनाहरु
इनरुवा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमुख्यमन्त्री भिम आचार्यले बाँकी सम्पुर्ण राजनितिक र सामाविक जिवन सुनसरी क्षेत्र नं २ को सेवाका लागि समर्पीत गर्ने प्रतिवद्धता जनाएका छन ।
सुनसरी २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका आचार्यले आगामी दिनमा चुनाव जिते पनि हारेपनि यस क्षेत्रको विकासमा बाँकी सम्पुर्ण राजनितिक र सामाजिक जिवन समर्पीत गर्ने बताएका हुन ।
जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन । उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकार मार्फत विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन ।
उनले आफू छोटो समय पर्यटन मन्त्रीहुँदाविजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमादुई वटा इन्टरनेश्नल एयरपोर्ट सुरु गराएँ,’उनले भने, ‘छोटो समयलाई पनिउपयोग गरेर काम गरेँ ।’
दुई महिनाप्रदेशको मुख्यमन्त्री हुँदा पनि नीतिगत र संस्थागत विकासका धेरै कामहरु गरेको भन्दै निर्वाचन क्षेत्र विशेष विकास निर्माणका कामहरु पनि प्रशस्तै गरेको बताएका छन।
उनले आफू कुनै कुराको सस्तो वाचा नगर्ने, तर गरेका वाचाहरु पुरा गर्ने स्वभावको भएको बताउँदै भने, ‘म इन्जिनियरिङ र व्यवस्थापन विषय पढेको मान्छे, व्यवस्थित विकासको लागि स्रोत, साधन र तरिकाहरु ’bout जानकारी छ, त्यसैले गरेका प्रतिबद्धताहरु पुरा गर्छु, त्यो विगतको कार्यले पनि देखाउँछ ।’
उनले आफ्ना विपक्षी र विरोधीहरुले आफ्नो आलोचना गर्ने कुनै विषय नपाएको बताए । उनले भने, ‘मैले गरेका प्रतिबद्धताहरु पुरा गरेको छु, तर साथीहरु वर्षेनी एउटै सडकलाई, एउटै विषयलाई भजाउँदै चुनाव लडिरहनुभएको छ, अब जनताले वहाँहरुलाई प्रश्न गर्नुपर्छ ।’
सुनसरी निर्वाचन क्षेत्र नं. ६ मा गरेका कामहरु
उनले तात्कालिन सुनसरी क्षेत्र नं। ६ बाट निर्वाचित हुँदा लौकही–मधुवन–प्रकाशपुर, चिरौली चोक–प्रकाशपुर, झुम्का–प्रकाशपुर र महेन्द्रनगर जाने बाटो, कान्छि चोक–चतरा, धरान–चतरा, धरान–विष्णुपादुका जाने बाटो कालोपत्रे बनिसकेका छन । अन्य कयौ ँभित्रि बाटाहरु बनेका छन ।
यस्तै बांगे चक्रघट्टिका धेरै बाटाहरु पनि अहिले निर्माधिन रहेको बताउँदै झुम्काको लगुना चोकबाट रामधुनिहुँदै धरानजाने र धरानबाट विष्णुपादुका जाने बाटो निर्माणाधिन रहेको बताए ।
१२ करोडको बजेट लगाएर सर्दु करिडोरको योजनाबनाएकोमा ठेक्कालागेर निर्माणको कामचालु रहेको उनले जानकारी दिए । यस्तै धरानमाबहुजातीय संग्रहालय पर्यटन मन्त्रीहुँदा देखि नै सुरु गरेको बताउँदै समितिको कामले ढिलासुस्तीभइरहेपनि ४–५ करोड बजेट विनियोजन भैसकेको उनले बताए ।
विजयपुर डाँडा, विष्णुपादुका मन्दिर, बराहक्षेत्रमन्दिरलाई आधुनिकबनाउने कुरामा महत्वपूर्ण भूमिकानिर्वाह गरेको बताउँदै तात्कालिन सबै गाविसमाखानेपानीको योजना सुरु गरेको जानकारी दिए ।
हरेक माविलाई प्लस २ बनाउन, आवश्यक विद्यालय भवन बनाउन र कतिपय विद्यालयका शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गरिएको पनि उनले जानकारी दिए ।
आवश्यक ठाउँमा पुल, तटबन्ध र अन्यपूर्वाधारका कामहरु गरेको जानकारी दिए।
निर्वाचित नहुँदै सुनसरी क्षेत्र नं. २ मा गरेका कामहरु
उनले सुनसरी क्षेत्र नं. २ मा पर्ने विभिन्न पूर्वाधारको विकास निर्माणका कामपनि गरिरहेको बताए । ‘यतातिर यो निर्वाचन क्षेत्रमा पनि काँही मन्दिर, स्कुल, खानेपानी,
सिचाँईका प्रोजेक्टहरु सञ्चालन गरेका छौं,’उनले भने । देवानगञ्जगाउँपालिकामाआफ्नै पहलमा बजेट राखेर सिँचाइ आयोजना निर्माणाधिन रहेको जानकारी दिए ।
सुनसरीमा बाँध र सिचाँईको योजनामा पहल गरिरहेको उनले बताए । नेपाली काँग्रेसबाट यसअघि यस क्षेत्रमा निर्वाचित सीताराम मेहताले पटक पटक आश्वासन दिएर पनि नबनाएको चर्चित इनरुवा–कौवाखोज सडकलाई आफूले पहिलो प्राथमिकता दिएको बताए ।
यस्तै उनले इनरुवा–दुहबीजाने बाटो फोर लेनको बनाउने कामलाई प्राथमिकता दिएको बताए । ‘म मुख्यमन्त्रि हुँदा त्यो बाटोलाई अलिकति अगाडि बढाउने काम गरेको थिएँ, अहिले ठेक्कापट्टा हुने अवस्थामा त्यो पुगेको छ,’उनले भने ।
उनले आफूले यो पटक चुनावजितेमा शहरी क्षेत्रको व्यवस्थित र आधुनिकशहरीकरण गर्ने र ग्रामिण क्षेत्रमा सडक, खानेपानीलगायतपूर्वाधारको विकाससँगै कृषिविकासमा जोड दिने बताए ।
उनले इटहरी, इनरुवा र रामधुनीनगरमा व्यवस्थित र आधुनिक शहरीकरणको योजना बनाएर लागु गर्ने बताए ।
यस्तै देवानगञ्ज र हरिनगरामा कृषि, सडक र उद्योगको विकासको योजनाबनाइने जानकारी दिए । ‘शहरी क्षेत्र र ग्रामिण क्षेत्रका आवश्यकताको आधारमा विकास गरिनेछ,’उनले भने, ‘त्यो योजनाबद्ध र दीर्घकालिन हुनेछ ।’
प्रदेश मुख्यमन्त्रीहुँदा गरेका कामहरु
उनले आफू दुई महिनाप्रदेश मुख्यमन्त्रीहुँदा प्रदेशको संरचनालाई प्रत्येक जिल्लामा पुर्याउन हरेक जिल्लामा कार्यालय खोल्ने निर्णय गरेको जानकारी दिए ।
न्युन आय भएको प्रदेशको आय बढाउनका लागि जनतामा अतिरिक्त भार नपारिकन २५ अर्ब रुपैया बढी आम्दानी गर्ने गरी योजना बनाएको बताए ।
त्यसको लागि उच्चस्तरीय राजस्व सुधार समिति बनाएको, काठमाडौं बाटै प्रशासनिक विज्ञहरु बोलाएर तीन महिना अध्ययन गर्दा प्रत्येक वर्ष २५ अर्ब रुपैया आम्दानी बढाउन सकिने देखिएको उनले ठोकुवा गरे ।
‘प्रत्येकवर्ष बजेट बढाउने र हरेक सालत्यसलाई बढाउँदै गएर पाँचवर्षमा एक खरबको बजेट बनाउने योजना मैले बनाएको थिएँ,’उनले भने ।
पर्यटन विकासको लागि पर्यटन समिति, खेलकुदको समिति, पत्रकारको समिति, उद्योग र मजदुरको बिचमा समन्वय गर्ने समिति पनि बनाएको उनले बताए । तर आफू पछि आएका मुख्यमन्त्रीले त्यसलाई निरन्तरता नदिँदा ती महत्वपूर्ण योजनाहरु अलपत्र परेको उनले बताए ।
यातायात र मालपोत कार्यालयलाई अनलाईन सिस्टममा ल्याउने विषयमापहिलो क्याबिनेटमा निर्णय गरेर तयारीको काम अघि बढेको उनले जानकारी दिए । ‘अझमसँग डेढ दुई महिना समय भएको भएत्यो कामलाई लागु गर्थेँ,’उनले भने।
उनले आफू टालटुले र क्षणिक भन्दापनि दीर्घकालिन र व्यवस्थितविकास हुनुपर्छ र गर्नुपर्छ भन्ने पक्षमा रहेको जानकारी दिए । ‘म पार्टिकै नेताहुँदा डेढ वर्ष लगाएर मास्टर प्लान बनाएको थिएँ,’उनले भने ।