इनरुवा । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको स्पष्ट बहुमत रहेको इनरुवा नगरपालिकाको कार्यपालिका सदस्य पदका लागि तीन दलले उम्मेदवार उठाएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवामा बुधवार कार्यपालिका सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित महिला जनप्रतिनिधि मध्येबाट ५ जना निर्वाचित हुने कार्यपालिका सदस्यमा १० जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरि दलित अल्पसख्यक तर्फ ३ जना निर्वाचित हुने कार्यपालिका सदस्यका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट दलित अल्पसंख्यक तर्फको कोटामा इनरुवा १ का बिनोदकुमार अटल, इनरुवा २ का योगेन्द्र शर्मा र इनरुवा ९ का झनझनी चौधरी भोरले उम्मेदवारी दिएका छन ।
कांग्रेसका तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिबाट उम्मेदवार हुनेमा इनरुवा २ की रञ्जु पौडेल, इनरुवा ६ की सविता सुवेदी र अनुपा मोची, इनरुवा ७ की रम्भुदेवी सरदार इनरुवा १० की मिरादेवी सरदार रहेकी छिन ।
यसैगरि नेकपा एमालेका तर्फबाट दलित अल्पसंख्यक तर्फको कोटामा इनरुवा १ का कैलाश पंचारिया, इनरुवा ९ का रोशन शर्मा खत्वे रहेका छन ।
नेकपा एमालेका तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिबाट उम्मेदवार हुनेमा इनरुवा ३ की सविना सिग्देल, इनरुवा ५ की शारदा भट्टराई र इनरुवा ८ की देवि महत्तो रहेकी छिन ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट दलित अल्पसख्यक तर्फको कोटामा इनरुवा ७ का किशोरकुमार सिहं खबासले उम्मेदवारी दर्ता गराएका छन ।
लोसपाबाट निर्वाचित महिला जनप्रतिनिधिबाट उम्मेदवार हुनेमा इनरुवा ४ की दिलकुमारी बस्नेत र भुट्टीदेवी मुसहर रहेकी छिन ।
इनरुवा नगरपालिकाको कार्यपालिका निर्वाचनमा ५२ जना निर्वाचित जनप्रतिनिधि मतदाता रहेका छन । जसमा नेपाली कांग्रेसका तर्फबाट ३० जना, नेकपा एमालेका तर्फबाट १७ जना र लोसपाका तर्फबाट ५ जना निर्वाचित भएका छन । कार्यपालिका सदस्यमा निर्वाचित हुन २७ मत ल्याउनु पर्ने हुन्छ ।
बुधवार मनोनयन दर्ता गरेका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने, उम्मेदवारबिरुद्ध उजुरु दिने र अन्तिम नामावली प्रकाशन विहीबार भएपछि शुक्रवार निर्वाचन हुने कार्यक्रम रहेको छ ।
Every weekend i used to pay a visit this site, for the reason that i wish for
enjoyment, since this this site conations really nice funny stuff too.
What’s up, everything is going perfectly here and ofcourse every one is sharing data, that’s
truly excellent, keep up writing.
Eczanelerde bulundurulmasi zorunlu İlaÇlar-amİnofİlİn enj.-antİhİstamİnİk enj.-oksİjenlİ su-dİazepam tab.-dİgoksİn enj.-fenobarbİtal
tab.-furosemİde enj.-İnsÜlİn krİstalİze enj.-İnsÜlİn nph-İsosorbİt
dİnİtrat sublİngual tab.-kortİkosteroİd enj.-klonozepam tab.-klorpromazİn enj.-kalsİyum enj.-nİfedİpİn tab.