इनरुवा । नेपाली कांग्रेस सुनसरीले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारबिरुद्ध विद्रोह गर्ने उम्मेदवार, समर्थक, प्रस्ताव र असहयोगी नेता कार्यकर्ताहरुको खोजी सुरु गरेको छ ।

सो पार्टीको जेठ २२ गते आइतवार बसेको जिल्ला कार्य समितिको बैठकले पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध उम्मेदवारी दिने तथा समर्थक र प्रस्ताव बस्ने नेता कार्यकर्ताहरुलाई कारवाही गर्ने निर्णय गर्दै मातहतलाई नामावली संकलनको लागि निर्देशन दिएको छ ।

जिल्ला कार्य समितिको निर्णयलाई जेठ २६ गतेभित्र अविलम्ब कार्यान्वयन गर्नु गराउनु भन्दै सुनसरीका सबै पालिका र वडा कार्य समितिका सभापतिहरुलाई निर्देशन जारी गरिएको छ ।

कांग्रेसका जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा बसेको बैठकले गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारबिरुद्ध विद्रोही उम्मेदवारी दिने प्रस्तावक समर्थक बस्ने अन्य पार्टीका उम्मेदवारको प्रचार प्रसार गर्ने, आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, पार्टीका उम्मेदवार र पार्टी हित विपरित कार्य गर्ने पार्टी सदस्यको ’boutमा नाम संकलन गरी आगामी जेठ २६ गतेभित्र जिल्ला कार्य समितिमा पठाउन भनेको छ ।

बैठक पछि जारी गरिएको निर्देशनमा वडा, गाउँ, नगर, उपमहानगरमा पार्टीका उम्मेदवार भएका उम्मेदवारको समेत उपस्थिति र माथिल्लो तहका प्रतिनिधि एवम जिल्ला प्रतिनिधिहरुको रोहवरमा निर्वाचनमा पार्टीको प्रर्दशन, कमि कमजोरहरुसहितको सम्पूर्ण विषयमा छलफल र समिक्षा गरेर जेठ २७ गतेभित्र जिल्ला कार्य समितिमा सो ’boutमा प्रतिवेदन पठाउन भनिएको छ ।

नेपाली कांग्रेसले सुनसरीको तीन पालिकामा अन्य दलसँग गठबन्धन गरेर चुनाव लडेको थियो । जसमध्ये धरान उपमहानगरपालिकामा उ गठबन्धनका बाबजुद पराजित भएको थियो भने यसअघि जितेको रामधुनी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा उसका उम्मेदवार पराजित भएका थिए ।

अघिल्लो लेखमासुनसरी जिसस प्रमुखका लागि तीन जनाको दावेदारी, कस्को सम्भावना कति ?
अर्को लेखमासुनसरी प्रशासन यसवर्ष औषत बढी वर्षाको अनुमानसँगै विपद् पूर्व तयारीमा जुट्यो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्