इनरुवा । नेपाली कांग्रेसका पुराना नेता एवम दक्षिण क्षेत्रको दह्रो स्तम्भ मानिने हरिनगर गाउँपालिकाका प्रमुख गफार अन्सारीले नेपाली कांग्रेसको जिल्ला सदस्य पद अस्विकार गरेका छन ।

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उपसभापति पदको उम्मेदवार बनेका उनी १६ मतले पराजित भएका थिए । उनलाई हालै जिल्ला सदस्य पदमा मनोनित गरिएको हो ।

पछिल्लो समयमा कांग्रेसले दर्जनौ युवाहरुलाई जिल्ला सदस्य पदमा धमाधम मनोनित गर्न थालेपछि जुनियरहरुसँगै मनोनित भएका अन्सारीले जिल्ला सदस्य पदको गरिमा नै नष्ट गरिएको निष्कर्ससहित मनोनित जिल्ला सदस्य पद अस्विकार गरेको उनी निकटहरुले बताएका छन ।

अन्सारी पछिल्लो समयमा इनरुवा नगरपालिकाका मेयर समेत रहेका जिल्ला सभापति केदार भण्डारीले दर्जनौलाई एकै पटक जिल्ला सदस्यमा मनोनित गरेको विषयलाई लिएर अन्सारी असन्तुष्ट रहेका छन ।

धेरै जुनियर र वडामा रहेका पार्टीका कार्यकर्ताहरुलाई एकै पटक जिल्ला सदस्यमा आफूहरु सँगै समान हैसियतमा पु¥याएको विषयमा अन्सारी सन्तुष्ट छैनन ।

कांग्रेस सुनसरी जिल्ला सदस्य मनोनितको घटनालाई लिएर सामाजिक सञ्जालमा धेरै आलोचना भएको थियो । कसै कसैले पार्टी कार्यालय रहेको विही’bout हाट नजानु पक्रिएर जिल्ला सदस्य बनाउलान भनेर समेत तिखो ब्यङ्ग्य गरेका थिए ।

तर मनोनितको पक्षमा रहेकाहरुले भने ‘यूवाहरुमा नेतृत्वको विकासका लागि कोशे ढुंगा भएकोले यसको विरोध गर्नेहरु आफूमात्रै नेतृत्वमा रहीरहौ, नयाँ नेतृत्व नआओस’ भन्ने संकुचित मानसिकतामा रहेको तर्क गरिरहेका छन ।

उनले एक विज्ञप्ति प्रकाशित गरेर आफूले मनोनित जिल्ला सदस्य पदबाट राजिनमा दिएको स्पष्ट पारेका छन ।

अन्सारीले विज्ञप्ति निकालेर राजिनामा दिएपनि सोमबारसम्म औपचारिक रुपमा पार्टी कार्यालयमा राजिनामा पत्र भने बुझाएका छैनन ।

जिल्ला कार्य समितिका एक पदाधिकारीले भने सामाजिक सञ्जालमा विज्ञप्ति हालेर चर्चा कमाउन खोजे जस्तो देखिन्छ तर कार्यालयमा औपचारिक रुपमा राजिनामा नआएकोले बाहिर भएको चर्चाको अर्थ नहुने स्पष्ट पारे ।

अघिल्लो लेखमामधेशा स्वास्थ्य चौकीमा दाताले दिएको विमाको ५ लाख रकम दुरुपयोग
अर्को लेखमाइनरुवामा उराँव समूदायको दशै मानिने करम पुजाका लागि जमरा राखियो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्