इनरुवा । नेपाली कांग्रेसले एक्लै तीन वटा प्रतिनिधिसभा निर्वाचन जितेको सुनसरीमा अहिलेपनि कांग्रेसभित्र तीन वटै निर्वाचन क्षेत्र र त्यसका छ वटा प्रदेशसभा जसरी पनि कायम राख्नु पर्ने दवाव छ ।

कांग्रेसभित्र अहिले उम्मेदवारका आकांक्षीहरुले सोहीअनुसार लविङग समेत गरिरहेका छन । तर सत्ता गठबन्धनको बैठक जारी रहेकोले अहिले कांग्रेसका आकांक्षीहरुमा अन्यौलता पनि उत्तिकै छ ।

अहिलेसम्म सुनसरी जिल्लामा गठबन्धनका जनमोर्चा बाहेक सबै दलको आ–आफ्नै दावी छ । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेले जितेको कम्तिमा दुई वटा प्रदेशसभा सदस्यमा दावी गरिरहेका छ भने नेकपा माओवादी केन्द्रले पनि दुई प्रदेशसभा सदस्यमा दावी गरिरहेको छ।

जनता समाजवादी पार्टीले भने एक प्रतिनिधिसभा सदस्य र एक प्रदेश सभा सदस्यको दावी केन्द्रमा प्रस्तुत गरेको छ ।

दलहरुले आ–आफ्नो दावी कायम राखेपनि अन्तत नेकपा एकीकृत समाजवादी एक प्रदेशसभा, नेकपा माओवादी एक प्रदेशसभा सदस्य र जसपा एक प्रतिनिधिसभा सदस्यको अपेक्षा राखेका छन ।

उच्च स्रोतका अनुसार अहिले दलहरु आ–आफ्नो दावीको अडानमा रहेपनि अन्तत सुनसरीमा कांग्रेसलाई तीन प्रतिनिधिसभा र छ प्रदेशसभा सदस्य दिएर गठबन्धन मिल्ने स्थिति छ ।

स्रोतका अनुसार जनता समाजवादी पार्टीले सुनसरी १ मा प्रतिनिधिसभा सदस्यको भाग पाउने छ । त्यहाँ सो पार्टीका बरिष्ठ नेता अशोक राईले उम्मेदवारी यसअघि नै घोषणा गरिसकेका छन । सो क्षेत्रको दुबै प्रदेशसभा सदस्य नेपाली कांग्रेसले पाउने छ ।

क्षेत्र नम्बर २ क नेकपा माओवादी केन्द्रले पाउने छ । त्यहाँ माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगी, उपसभामुख सरस्वती पोखरेल र संविधानसभा सदस्य अनिता परियारको दावी छ ।

क्षेत्र नम्बर ३ भने पुरै गठबन्धनले नेपाली कांग्रेसलाई छाड्ने स्थिति छ । त्यहाँ प्रतिनिधिसभा सदस्यमा विजयकुमार गच्छदार उम्मेदवार बन्दैछ भने दुबै प्रदेशसभा सदस्य पनि कांग्रसकै भागमा पर्ने छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार बन्ने क्षेत्र नम्बर ४ को प्रदेशसभा ख भने नेकपा एकीकृत समाजवादीले पाउने छ ।

त्यहाँ सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य महफुज आलमले टिकट पाउने लगभग आन्तरिक रुपमा तय भएको स्रोतले जनाएको छ ।

अघिल्लो लेखमासुनसरी २ एमालेमा आन्तरिक प्रतिष्पर्घा, दुई समुह आमनेसामने
अर्को लेखमाकोशी टप्पुको मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको अध्यक्षमा संरक्षणकर्मी सिंह

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्