मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुनसरी ४ का मतदाताले ब्यक्ति होईन विकास हेरेर भोट दिने विश्वास

3
104
Minister Gyanendra Bahadur Karki's belief is that the voters of Sunsari 4 will vote based on development and not individuals
Minister Gyanendra Bahadur Karki's

इनरुवा । नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ का मतदाताले ब्यक्तिभन्दा विकासलाई हेरेर मतदान गर्ने विश्वास ब्यक्त गरेका छन ।

सोमबार क्षेत्रका विभिन्न टोलहरुमा चुनावी सभा गर्दै आफूले अघिल्लो कार्यकालमा सुनसरी क्षेत्र नम्बर ४ मा ऐतिहासिक विकासको काम गरेको भन्दै जनताले विकासलाई हेरेर मतदान गर्ने भएकोले आफू पुनः जितमा विश्वस्त रहेको बताए ।

उनले भने, ‘ मैले क्षेत्रमा उल्लेख्य विकास गरेको छु । यो कुरा यहाँका जनताले राम्ररी बुझ्नु भएको छ, महसुस गर्नु भएको छ । मैले यो कुरा जनतालाई भनिरहनु पर्दैन । अरुले विकासको नाममा झुट बोलिरहेका छन यो कुरा जनताले बुझेका छन । अब केही झुक्किनेवाला छैनन ।’

उनले अघिल्लो निर्वाचनमा भन्दा पनि यसपटक जनताको नेपाली कांग्रेसको चुनावी अभियानप्रति आर्कषण अझै बढ्दो रहेको रहेको भन्दै अघिल्लो निर्वाचनको भन्दा पनि बढी फरक मतान्तरले निर्वाचन जित्ने दावी गरे ।

उनले भने, ‘विकासको एजेण्डालाई लिएर जनताहरुमा जुन उत्साह छ, त्यसले मलाई अझै फराकिलो अन्तरले चुनाव जिताउँछ ।’

अरु उम्मेदवारहरुले बारम्बार अवसर पाएर पनि क्षेत्रको लागि कुनै काम नगरेकोले अहिले जातीयता, धार्मिक सहित विभिन्न खाले नकारात्मक विषयहरु फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै सुनसरी ४ का जनताले त्यसखाले भ्रम फैलाउने तत्वहरु सबैलाई चिनिसकेकोले अब कोही पनि त्यस्ताको भ्रमको पछाडि नपर्ने दावी गरे ।

अघिल्लो लेखमाइनरुवाका मतदाताको मन जित्न भीम आचार्य र रामप्रसाद घरआँगनमा
अर्को लेखमासुनसरी २ नम्बर क्षेत्रमा मेहता र कोइराला भ्याईनभ्याई, मतदाताको भब्य स्वागत

3 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्