इनरुवा । नेपाली काग्रेसका इनरुवा सचिव राकेश निरौलाले नेताहरुले कार्यकर्तालाई दास बनाएर उपेक्षा गर्ने गरेको आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

सचिव निरौलाले आफनो फेसवुक मार्फत काग्रेसको सवै जिम्मेवारी र क्रियाशिल सदस्यसमेत नरहने गरि पार्टीबाट अलग भई स्वतन्त्र रुपमा रहने घोषणा गरेका हुन ।

१४ महाधिवेशनबाट इनरुवा नगर कार्य समितिको सचिवमा निर्वाचित भएका राकेश निरौलाले वर्णमाला दैनिक सँगको कुराकानीमा सुनसरीको शिर्ष तहका नेताहरुले २ नम्बर निर्वाचन क्षेत्रका मतदाता रहेका कार्यकर्ताबाहेक अन्य निर्वाचन क्षेत्रका कार्यकर्तालाई विभेदपुर्ण व्यवहार गरि उपेक्षा गर्ने गरेको कारण काग्रेस पार्टीबाट अलग भएको घोषणा गरेको बताए ।

निरौलाले काग्रेस सुनसरीमा सवैजसो नेताहरु सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने भएकाले अन्य निर्वाचन क्षेत्रका कार्यकर्ताहरुलाई पार्टीमा उचित स्थान नदिने र जनताका समस्याहरुलाई लिएर जादा वेवास्ता गर्ने गरेकाले विभेद गर्ने नेतृत्वको कार्यकर्ता भएर बस्नु भन्दा स्वतन्त्र नागरिक हुन उचित लागेर काग्रेस छाडेको बताए ।

निरौलाले गुट र आन्तरिक कलहमा फँसेको काग्रेस पार्टी भित्र रहिरहन उचित नलागेकाले कांग्रेस परित्यागको निर्णयमा पुगेको बताए ।

सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको आफ्नो निर्णय सार्वजनिक गरेका निरौलाले नेपाली कांग्र्रेसमा आफ्नावाद हावी बन्न पुगेको भन्दै असन्तुष्टि पोखेका छन ।

तथापी, पार्टीले मूल्यांकन गरेन । मेरो भूमिका, योगदान, इमान्दारिता र निष्ठालाई पार्टीले नजरअन्दाज गर्यो । पार्टी भित्रको गुट र अग्रज नेताहरुको व्यक्तिगत कलह र प्रतिशोधको शिकार बन्न पुगें । तसर्थ, स्वेच्छाले कांग्रेस त्याग्ने निर्णय लिएको हुँ ।

उनले भनेका छन, १० वर्षिय पार्टीगत भूमिका र जिम्मेबारीका सवालमा दिनरात नभनी खटिए । बुद्धि,विवेक, सिकाई र सकृयतालाई भरपुर प्रयोग गरे ।

पार्टीको विधि र विधानलाई आत्मसाथ गर्दै संगठन विस्तार देखि पार्टीको प्रभाव बढाउन इमान्दार र कर्तव्यनिष्ठ सिपाई भएर अघि बढे ।

पार्टी परित्यागको घोषणा गरेका निरौलाले अब उपरान्त आफु कुनै दलमा नलाग्ने समेत बताएका छन । प्रतिकृयाको क्रममा उनले आफु स्वतन्त्र रहने बताए ।

उनले सामाजिक अभियान्ताका रुपमा दिनदुखीको सहयोगमा दिनचर्या बिताउने आशय व्यक्त गरेका छन ।

निरौला नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट इनरुवा नगर सचिबमा निर्वाचित भएका थिए । निरौला नगर तर्फको मत परिणाममा सबै भन्दा बढी मत ल्याएर बिजयी बनेका थिए ।

अघिल्लो लेखमाइनरुवामा पुर्व–पश्चिम राजमार्ग खण्डको अवरोध हटाएर पानीको निकास खोलिने
अर्को लेखमाबाबा सहकारीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्