इनरुवा । नेपाली काग्रेसका तर्फबाट सुनसरी २ नम्बर क्षेत्रका उम्मेदवार सिताराम मेहता र प्रदेशसभाका उम्मेदवार राजिव कोइराला गठबन्धन दलको साथमा किसानका खेतखलियानमा चुनावी अभियान लिएर पुगेका छन ।
रामधुनी नगरपालिकाको ९ नम्बर वडाका मतदाताका बिचमा पुगेका मेहता र कोइरालाले धान खेतीमा व्यस्त रहेका मतदातालाई भेट्न धान काटदै गरेको खलियानमा गएका हुन ।
खेतमा आएका उम्मेदवारले काममा सहयोग गर्न अग्रसरता देखाउदै किसानका समस्याका ’boutमा जानकारी लिनुका साथै किसानलाई दिने सेवा सुविधाका ’boutमा प्रतिवद्धताहरु जनाएका थिए ।
दुवै उम्मेदवारले नेपाली काग्रेसको घोषणापत्रमा कृषि क्षेत्रको विकासका लागि अगाडी सारेका योजनाका ’boutमा जानकारी गराउदै क्षेत्र विकासको प्रतिवद्धतामा समेत किसानका हक अधिकार र सेवा सुविधाका योजनाका ’boutमा समावेश भएका कुराहरु बताएका थिए ।
दुईपटक सासंद भइसकेका मेहताले मतदातासँग अधिल्लो पटक बाचा गरेका कामहरु धेरै पुरा गरेको र यसपटकको चुनाव जितेपछि क्षेत्रको विकासमा बाँकी रहेका विकास निर्माणका योजनाहरु पुरा गर्न र क्षेत्रवासीलाई समृद्ध बनाउन लाग्ने प्रतिवद्धता जनाएका थिए ।
प्रदेशसभा सासंद राजिव कोइरालाले मतदाता राजनितिक गर्ने र उम्मेदवारका लागि भगवान सरह भएकाले कृषि क्षेत्रको समस्याका ’boutमा जानकारी लिन चुनाव बाहेक अन्य दिन समयमा किसानको बिचमा जानु उपयुक्त हुने बताए ।
कोइरालाले खेतबारीमा जादा किसान दिदीबहिनी दाजुभाईहरुले खुशी भएर शुभकामना दिनुका साथै कृषि क्षेत्रमा सहुलियत प्रदान गरि मल बिउ र कृषि औजार उपकरण निशुल्क र सहुलियत रुपमा उपलब्ध गराउने व्यवश्था सरकारले गर्नुपर्ने माग गरेको बताए ।
कोइरालाले आफुहरु किसानकै छोराछोरी भएकाले किसानको समस्याका ’boutमा गम्भीर भएको बताए ।
नेपाली काग्रेसका उम्मेदवारलाई गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुले मतदाताका बिचमा चुनावी एजेण्डा र प्रतिवद्धता जनाउन साथ दिदै आएका छन ।