इनरुवाका बाहुन क्षेत्री समुदायका महिलाहरु जुत्ता चप्पल सिउँदै बनाउँदै

0
145
Women of Bahoon Chhetri community of Inaruwa sewing shoes and slippers
jutta chappal talim

इनरुवा । नेपाली समाजमा बाहुन र क्षेत्री समुदायले जुत्ता चप्पल सिएको वा बनाएको देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन ।

नेपाली समाजमा कसैलेपनि यस्तो विषयमा कल्पना पनि गर्न सक्दैन । तर इनरुवाका बाहुन क्षेत्री समुदायले यो परम्परागत मान्यतालाई तोड्दै कुनैपनि पेशा वा सिप कुनै जाति विशेषको भन्दा पनि सबैका लागि स्वरोजगार हुने माध्यमको रुपमा स्थापित गर्ने अभियानको सुरुवात गरेका छन ।

नेपाली समाजमा जाति विशेषका आधारमा कामको विभाजन गरि पेशालाई कुनै जातजातिसँग जोडेर नाम दिने परम्परागत अवश्थालाई परिवर्तन गर्दै इनरुवाका बाहुनक्षेत्री समुदायका महिलाहरुले जुत्ता चप्पल बनाउने सीप सिकेका हुन ।

इनरुवा ५ नम्बर वडा बलाहाका २० जना महिलाले उद्यमशिल विकासमार्फत आयआर्जन गरि स्वरोजगार बन्न जुत्ता चप्पल बनाउने ३५ दिने सिपमुलक तालिम लिएर जुत्ता चप्पल बनाएका छन ।

इनरुवा ५ नम्बर वडा कार्यालयको सहकार्य समन्वयमा घरेलु तथा साना उधोग कार्यालय इटहरीको सहयोगमा प्रगती जागरण मञ्च इनरुवाको आयोजनामा महिलाहरुलाई आयआर्जनका लागि स्वरोजगार बनाउन जुत्ता चप्पल बनाउने सिपमुलक तालिम दिएको हो ।

मंगलवार तालिमको समापन कार्यक्रममा बोल्दै ५ नम्बर वडाका वडाअध्यक्ष अनिल पोखरेलले सीप सिकेका वडावासी महिला दिदी बहिनीहरुले उत्पादन गर्ने जुत्ता चप्पललाई बजारसम्म लैजानका लागि वडा कार्यालयका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

पोखरेलले व्यवसायीक रुपमा सिकेका कुराहरुलाई निरन्तर रुपमा आयआर्जन गर्ने गरि सामुहिक रुपमा वा एकल रुपमा उत्पादनमा लाग्न तालिमका सहभागीलाई आग्रह गर्दै वडाका तर्फबाट घरभाडा लगायतका आवश्यक कुरामा सहयोग गर्ने बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख राजन पाण्डे, प्रशिक्षक दिपेन्द्र मदेल, माया पोखरेल, रन्जु पोखरेललगायतले बोलका थिए ।

नेपाली समाजमा पहाडेमुलमा सार्की र तराई मुलमा चमार जातिको जुत्ता चप्पल बनाउने परम्परा पेशा भएको भनी कामको आधारमा जाति विशेषलाई विभाजन गरिदै आएको थियो ।

पछिल्लो समयमा सचेतनाको विकाससँगै मानिस मानिसका बिचमा हुने जातीय विभेद छुवाछुतको अन्त्य भएसँगै परम्परागत पेशा व्यवसायलाई सवै जातजातिका मानिसले अगाल्न थालेका हुन ।

अघिल्लो लेखमाइनरुवाको होलीमा दुबैतर्फ मर्निङ वाक ट्रयाक बनाउन अध्ययन सुरु
अर्को लेखमासारदा मावी बलाहाले मनायो आफ्नो स्थापनाको ६६ औं बार्षिक उत्सव

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्