इनरुवा । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको विद्युत लाइन काटिदिएको छ ।

वितरण केन्द्रले इनरुवाका तीन सेवा प्रदायक कम्पनी इनरुवा केवल, टेकमाइन्ड र आइजोनको विद्युत लाइन काटेको हो ।

इनरुवा वितरण केन्द्रका प्रमुख अभिनभ झाले सरकारी निर्णय वेवास्ता गर्ने इन्टरनेट कम्पनीहरुको विद्युत सप्लाई बन्द गरिएको बताए ।

ताकेता र पटक–पटकको सूचनाका बाबजुद विद्युत पोल प्रयोग गरे वापत तिर्नुपर्ने रकम नतिरेपछि त्यस्ता कम्पनीको हकमा विद्युत सप्लाई बन्द गरिएको उनले बताए ।

प्रमुख झाले क्रमशः इनरुवा भित्र कार्यालय रहि सेवा संचालनमा रहेका अन्य इन्टरनेट कम्पनीको समेत विद्युत लाइन बन्द गरिने बताए ।

झाले भने, “प्रकृयामा आउन भनिएको छ । नियम संगत प्रकृया नटुङ्गिएसम्म बन्द गरिएको विद्युत सुचारु हुने छैन ।”
प्रमुख झाका अनुसार इनरुवामा लाइन काटिएका इन्टरनेट कम्पनीहरुको साँझसम्म विद्युत लाइन सुचारु भएको छैन ।

यता इनरुवा केवलले भने प्राधिकरणले लाइन काटे लगत्तै भाडा वापतको रकम बुझाएर विद्युत सुचारु गरिएको जनाएको छ ।

इनरुवा केवलका संचालक केशव वस्तीले लाइन काटिएको ’boutमा जानकारी गराउँदै विद्युत कटौती भए लगत्तै इनरुवा वितरण केन्द्र पुगेर पोल भाडा वापतको रकम बुझाइएको बताए ।

सुविसु र ब्रोडलिङ्क इन्टरनेट तथा इनरुवा केवल टिभी संचालन गर्दै आएका वस्तीले दररेट र मूल्य समायोजनको दुविधाका कारण पोल भाडा बुझाउन कठिनाई हुँदै आएको बताए ।

उनले विद्युत सेवा बन्द हुँदा इन्टरनेट तथा केवल टिभीका ग्राहकलाई समस्या नपुगोस भन्ने उद्देश्यले रकम बुझाएर अवरुद्ध विद्युत सुचारु गरिएको बताए । यता अन्य सेवा प्रदायक कम्पनीले समेत प्राधिकरणसँगको छलफल र रकम तिर्ने प्रकृया अघि बढाइएको जनाएका छन ।

नेपाल विद्युत प्राधिकरणले पोल भाडा नबुझाउँने इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकको हकमा देशभर लाइन काट्ने अभियानलाई तिव्रता दिएको छ । सोही अनुसार सुनसरीको इनरुवा सहित आफु मातहत रहेका स्थानमा प्राधिकरणले लाइन काट्न थालेको छ ।

इनरुवामा एक दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवा प्रवाह गरिरहेको भएपनि अधिकांशको दर्ता इटहरी वा अन्य रहेकोले ति कम्पनीको सोही कार्यालय वा त्यहाँ नभए जुन घरमा बसेको हो त्यही घरको विद्युत लाईन काट्ने गरी प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ ।

अघिल्लो लेखमाइनरुवाको कार्यपालिकामा कांग्रेसको बहुमत हुदा तीन दलका उम्मेदवार
अर्को लेखमाइनरुवाका किसानलाई धान खेती गर्न निःशुल्क बिउ वितरण

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्